सिन्धुलीमा सवारी दुर्घटना वढ्न थाले पछि ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जिल्लामा कार्यरत तिन दर्जन भन्दा वढी गाडी चालकहरुलाई विहीवार सडक दुर्घटना सम्वन्धी जन चेतना मुलक कार्यक्रमको आयोजना ग¥यो । ट्राफिक प्रहरीले सामुदायीक सेवा केन्द्रको भवनमा विपी यातायात व्यवसायी संघ,सिन्धुली यातायात व्यवसायी संघ,सिन्धुली गढी यातायात,कमलामाई यातायात,मरिण र कमलाखोँच क्षेत्रमा संचालन हुने साना तथा ठुला गाडीका चालकहरुका लागी चेतना मुलक कार्यक्रमको आयोजना गरेको हो । जिल्ला ट्राफिक कार्यालयका हवल्दार रामेश्वर पाण्डेले गाडी चालकहरुलाई प्रशिक्षण दिएका थिए । गाडी चलाउनु पहिले गाडीको अवस्था जाँच गरेर मात्रै गाडी चलाउन चालकहरुलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ । त्यसै गरी चालकको योग्यता लान्सेन्स अनुसार यातायात चलाउन पर्ने,तिव्र गतिमा यातायात संचालन गर्दा हुने दुर्घटना हुने वारे उनीहरुलाई ट्राफिकले सचेत गराएको छ ।
चालकहरुलाई गाडीको गती सिमित गरेर यातायात संचालन गर्न आग्रह गरेको छ । यातायातको साधानमा ओभार लोड नवोक्न,छतमा सामान र यात्रु नवोक्न,सडकको अवस्था हेरेर यातायात संचालन गर्न,ट्राफिक होडिङ्गवोड र ट्राफिक इसारालाई ध्यान दिन चालकहरुलाई अनुरोध गरेको छ । मादक पदार्थ र लागुपदार्थ सेवन गरेर सवारी साधन नचलाउन ट्राफिकले सवैचालकहरुलाई अनुरोध गरेको छ । ट्राफिक प्रहरीले साना गाडीका चालकले सिट वेल्ट अनिवार्य लगाउन चालकहरुलाई भनेको छ ।
कार्यक्रममा गाडी चालकहरुले सडकमा प्रहरीले गाडी चेक गरेर दुःख दिने गरेको गुनासो गरे । गाडीको ब्लु बुक र लाइसेन्स चेक गर्ने अधिकार ट्राफिक प्रहरीको भए पनि जथाभावी रुपमा गस्तीमा हिडेका प्रहरीले चेक गर्ने नाममा जरीवान भन्दै पैसा संकलन गर्दा चालकहरु पिडीत हुनु परेको गुनासो ट्राफिक प्रहरीसँग पोखे । जरिवान वापत दिएको रकमको विल प्रहरीले नदिने गरेको भनाई गाडी चालकहरुको छ । ट्राफिक पशुपति कुवँर र टेकवाहादुर भुजेलले सहभागीहरुले सोधेका प्रश्नको जवाफ दिएका थिए ।सिन्धुली दर्पण