म्याग्दी पुस २६ गते ।
म्याग्दीको पाखापानी–१ औलमा हिजो बिहान हिउंदे पहिरो खस्दा थुनिएको राहुघाट खोला करीव २४ घन्टापछि थुनिएको भागबाट विस्तारै पानी बगेर सामान्य बनेको छ । पहिरो खसेर रघुगंगा खोलाको पानी बग्न बन्द भएपछि सर्वसाधारण खतरामुक्त भएको गलेश्वरका स्थानिय संचारकर्मी सुशील थकालीले जानकारी दिनुभयो ।
करीव ५ सय मिटर लम्बाई र २ सय मिटर चौडाईको क्षेत्रफलमा गएको पहिरोको कारण करीव १० घन्टासम्म पानी जम्मा २० प्रतिशत मात्र खोलामा बगेको थियो । खोलाको खोचमा माथिबाट निरन्तर पहिरो खसेकाले धेरै पानी एकै ठाउँमा संकलन हुँदा नदीको किनारमा ठूलो बगरसमेत बनाएको छ ।