तिलक भुषाल,
तनहुँ, (देबघाट) पुस २६ गते ।
रेडियो देबघाटको गौरबमय प्रथम वार्षिकोत्सब–२०६८ को अबसरमा आज अन्तर आदिबासि जनजातिहरु एकल डूङ्गा दौड प्रतियोगिता सम्पन्न भएको छ ।आदिवासी जनजाती बोटे समुदायको परम्परागत पेशाको पहिचान र संरक्षणमा सघाउ पु¥याउनका लागि रेडियो देवघाटले देवघाट गा.वि.स.को शिशुवा देखि प्रसिद्ध वेणी संगम सम्मको दुरीमा अन्तर आदिवासी जनजाति एकल डुङ्गा दौड प्रतियोगिता आयोजना गरेको हो ।ं
तनहुँ, चितवन र नवलपराशीका दुई दर्जन प्रतियोगिले कार्यक्रममा सहभागिता जनाएका थिए भने प्रथम,द्धितिय,र तृतिय स्थान क्रमशः निर्मल बोट ,विर्ख बुहादर बोट,पवन बोट ले हासिल गर्नुभएको थियो ।विजेताहरुलाई रेडियो देबघाट १०२।६ मेगाहर्जको माघ १ गते आयोजित वार्षिकोत्सव समापन समारोहमा पुरस्कार प्रदान गरिने छ ।
रेडियो देबघाट १०२।६ मेगाहर्जका कार्यबाहक अध्यक्ष एवं प्रवन्ध निर्देशक विजयराज भुषालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा समाजसेवी भुवन गुरुङ, आदिबासि जनजाति बोटे समाज देवघाटका अध्यक्ष सोम बहादुर बाटेले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो, भने देबघाट गाउ विकास समिति का अध्यक्ष एवं सचिब भोज नारायण श्रेष्ठ प्रमुख अतिथी रहनु भएको थियो ।
कार्यक्रममा रेडियो देबघाट १०२।६ मेगाहर्जका स्टेशन म्यानेजर सि पि सूवेदि ले स्वागत मन्तव्य राख्नु भएको थियो ।
त्यस्तै वार्षिकोत्सव को अवसरमा आज नै घरआगनमा रेडियो देवघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम अन्र्तगत तनहूँ, चितवन, नवलपरासीका विभिन्न स्थानमा स्थानीय व्यक्तिहरुसँग प्रत्यक्ष अन्र्तक्रिया र भलाकुसारी गरिएको हो ।
कार्यक्रममा सहभागिहरुले नेपाली धर्म, रीति, संस्कृतिको संरक्षणमा रेडयो देवघाटले खेलेको भूमिका मुक्तकण्डले गरेका थिए।दुवै कार्यक्रम रेडियो देवघाट १०२.६ मेगाहर्जबाट प्रत्यक्ष प्रसारण भएको थियो । रेडियो देवघाटको वार्षिकोत्सव २०६८ को अबसरमा पौष २७ गते अन्तर सामूदायिक वन हाजिर जवाफ प्रतियोगिता को आयोजना गरिएको छ ।
त्यस्तै पौष २८ गते अन्तर महीला हाजिर जवाफ र २९ गते आध्यात्मिक हाजिर जवाफ प्रतियोगिता को आयोजना गरिएको छ भने माघ १ गते माघे संक्रान्तिको दिन वृहत भजन लोकदोहोरी विविध धार्मिक एवं सांस्कृतिक महोत्सवको आयोजना गरिएको छ.।