Responsive Ad Slot

latest

तनहुँको राम्जाकोट गाविसमा खुल्ला दिशापिसाब गर्नप्रतिबन्ध –(फोटो फिचर) I

Tuesday, January 10

/ by Admin BHOLA THAPA
तनहुँको राम्जाकोट गाविसमा आयोजित खुल्ला दिशामुक्त घोषणा कार्यक्रमको मुल समारोह तस्विर सौजन्यः पवन पौडेल
पवन पौडेल
दमौली पुस २६ गते।
तनहुँको राम्जाकोट गाविसमा खुल्ला स्थानमा दिशापिसाब गर्न निष्ोध गरिएको छ । ९ सय १४ घरधुरी रहेको जिल्लाको दक्षिणी भेगको सो गाविसका सबैजसो घरधुरीमा शौचालय निर्माण गरिएपछि गाविसलाई
तनहुँको राम्जाकोट गाविसमा आयोजित खुल्ला दिशामुक्त घोषणा कार्यक्रममा नाटक प्रस्तुत गरींदै तस्विर सौजन्यः पवन पौडेल
कार्यक्रमको अवसरमा माईकिङ गरिंदै कार्यक्रममा सहभागि विद्यार्थिहरु तस्विर सौजन्यः पवन पौडेल


तनहुँको राम्जाकोट गाविसमा आयोजित खुल्ला दिशामुक्त घोषणा कार्यक्रममा अथितीहरुलाई स्वागत गद्र्यै स्थानियबासीहरु
खुल्ला दिशामुक्त घोषणा गर्दै सार्वजनिक स्थानमा दिशापिसाब गर्नमा प्रतिबन्ध लगाइएको हो । घोषणासभामा बोल्दै स्थानिय विकास अधिकारी छविलाल रिजालले राम्जाकोट गाविसलाई सरसफाईमा नुमना गाविस बनाउन राम्जाकोटबासीलाई आग्रह गर्नुभयो । नेकपा एमालेका जिल्ला कमिटि उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठले खुल्ला दिशामुक्त घोषणा गरेर मात्र नहुने भन्दै व्यवहारमा उतार्न आग्रह गर्नुभयो । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनीधि परशुराम गिरीले सरसफाईलाई सधैँ निरन्तरता दिनुपर्ने बताउनुभयो ।
सो गाविसमा खुल्ला दिशामुक्त घोषणा कार्यक्रम अवधिभर ८४१ र कार्यक्रम सञ्चालन पूर्व ७३ शौचालय निर्माण भएका थिए । सो गाविसमा खुल्ला दिशामुक्त कार्यक्रम जिल्ला विकास समिति, तनहुँ सेवा समिति र गाविसको सहकार्यमा सञ्चालन भएको थियो । खुल्ला दिशामुक्त घोषणा भएको यो २२ औँ गाविस हो ।तनहुँ जिल्लालाई सन २०६९ सालभित्रमा खुल्ला दिशामुक्त घोषणा गर्ने जिल्लाा विकास समिति तनहुँको योजना छ । जिविसले शौचालय निर्माण गर्ने हरेक परिवारलाई स्थानिय साझेदारसंगको सहकार्यमा लागत हेरी प्यान र एक बोरा सिमेन्टसम्मको अनुदान दिने गरेको छ ।
कार्यक्रमको अवसरमा कार्यक्रममा सहभागि विद्यार्थिहरु तस्विर सौजन्यः पवन पौडेल
Don't Miss
© all rights reserved
made with by netKUTI