Responsive Ad Slot

latest

कलेजको लार्पवाहीका कारण विद्यार्थी बेपत्ता I

Wednesday, January 11

/ by Admin BHOLA THAPA
अछाम पुस २७ गते ।
काठमाडौको गोल्डेन कलेज बत्तीसपुतलीबाट पुस १९ गते हराएका १७ वर्षका विद्यार्थी अजयविकको अवस्था अझै अज्ञात् छ । बाजुराको कोटिला गाविस ४ कालसैन घर भएका विक काठमाण्डूको गोल्डेनगेट कलेजमा कक्षा १२ मा विज्ञान विषयमा अध्ययरत थिए । बाजुराको कोल्टिबाट एसएलसी पास भएका अजयलाई ११ कक्षामा काठमाडौको गोल्डेन कलेजमा भर्ना गरिएको अजय होस्टेलमा बस्दै आएका थिए ।

 कलेजबाट चाबहिलमा बस्ने मामा हस्ते बिकलाई भेटन् जान भनी निस्कीएका बिक अहिलेसम्म परिवारको सम्पर्कमा आएका छैनन् । मामा भेटन जाने भन्दैमा अभिभावकको अनुमतिविना नै विद्यार्थीलाई बाहिर जान दिनु कलेजको लापरबाही भएको अजयका बुबा जसे लोहारले बताउनुभयो । आफुहरु खोज्न लागेको भएपनि कलेजले भने खासै चासो नदेखाएको आफन्तको गुनासो छ ।

जाडो छल्न बाजुराका हिमाली भेगका नागरिक बेँसीमा ।।
अछाम
बाजुराको हिमाली क्षेत्रमा केही दिनदेखि हिमपात भएपछि स्थानियबासिन्दा जाडो
छल्न बेँसी झरेका छन् । जिल्लाका उत्तरी क्षेत्रमा पर्ने पाण्डुसैन, कोल्टि, रुगिन, दहकोट, बिच्छया वाईलगायतका ११ वटा गाविसका बासिन्दा बेँसी झरेका हुन् । गाउँमा एक दुई फिटभन्दा बढी हिमपात भएपछि जिल्लाको कोल्टि बाजुराको तल्लो भेगमा पर्ने बाह्रबिस कुल्देबमाण्डौ, बह्रमतोला र अछाम बसाई सरेका हुन् । 

उत्तरी क्षेत्रका गाविसमा हिउँदयाममा हिमपात र चिसो हुने भएकाले केही महिनाको लागि बेँसी झर्ने गरेको स्थानियबासिन्दाको भनाइ छ । जिल्लाको उत्तरी क्षेत्र, हुम्ला र जुम्ला बसोबास गर्ने अधिकांश जनजातिहरु केही महिनाको बसाई वेसीमा सार्ने गर्छन । बसाईसरेपछि त्यस क्षेत्रका विद्यालय फागुन महिनासम्म बन्द हुने गरेका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI