Responsive Ad Slot

latest

महोत्तरीमा नियम मिचेर गणक तथा सुपरिवेक्षक चयन I

Wednesday, January 11

/ by Admin BHOLA THAPA


महोत्तरी पुस २७ गते ।

महोत्तरीको जिल्ला कृषि गणना कार्यालयले स्थानीय कर्मचारी संगठन तथा प्रशासनको दवावमा तालिम लिइसकेका गणक तथा सुपरिवेक्षक हटाई निर्देशका विपरीत नयाँ अनुहारलाई चयन गरेको छ ।
राष्ट्रिय कृषि गणना २०६८ का लागि कार्यालय प्रमुख विनयकुमार पाण्डे तथा कार्यालयका कर्मचारीहरुले सार्वजनिक सूचना प्रकाशन विना नै आफन्तहरुको मात्रै गणक तथा सुपरिवेक्षकमा चयन गरेको सार्वजनिक भएपछि चारवटा निजामति कर्मचारी संघ संगठनले कार्यालयमा तालाबन्दी गरी दवावमा पारेर भागबण्डा गरेका छन् ।

भागबण्डामा २१ जना गणकमध्ये दुई दुई जना गरि नेपाल राष्ट्रिय कर्मचारी संगठनक, निजामति कर्मचारी यूनियन, नेपाल निजामति कर्मचारी संगठन तथा मधेसी निजामति कर्मचारी मंच आठ वटा गणक हात पर्न सफल भएको छ । ती संगठनहरुले पाँच सुपरिवेक्षकमध्ये दुई वटा कोटा लिएको छ । तालिम लिइसकेकाहरुको नाम हटाई कर्मचारीसँग संगठनका व्यक्तिहरुको नाम राखिएको छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI