Responsive Ad Slot

latest

पोखराम जारी प्राङगारिक कृषि मेला आज सकिँदै I

Wednesday, January 11

/ by Admin BHOLA THAPA

घनश्याम पाण्डेय,
पोखरा पुस २७ गते ।
पोखराको नयाँ बजारमा सोमबारदेखि जारी पाँचौ राष्ट्रिय प्राङगारिक कृषि प्रर्दशनी मेला आज सकिँदैछ । प्राङ्गारिक कृषि उपज र प्रविधिको मात्रै १ सय १२ वटा स्टल रहेको प्रदर्शनीमा कोदोको परिकार, पिडाँलुको पिठो, स्याङजाबाट ल्याइएको ५ फुटभन्दा लामो तरुलयस्तै काठमाडौबाट ल्याइएको (स्टेभिया) चिनी बिरुवा, मुस्ताङबाट ल्याइएको स्याउको जुस, कास्कीको रेन्बो ट्राउट माछा र सुन्तला, च्याउलगायतका स्टलमा बढी भीड देखिएको छ ।

बजार मूल्यभन्दा सस्तो गरी किन्न पाइने भएपछि कृषि उपजको बिक्री पनि अपेक्षाभन्दा बढी भएको किसानहरुले बताएका छन् । मेलाको आज दिउँसो ३ बजेपछि समापन गरिने क्षेत्रीय कृषि निर्देशक वीरेन्द्रबहादुर हमालले जानकारी दिनुभयो । जिल्ला कृषि विकास कार्यालय कास्की र पोखरा उद्योग वाणिज्य सङ्घले मेलाको आयोजना गरेका हुन् ।



Don't Miss
© all rights reserved
made with by netKUTI