नारायण सापकोट
चितबन पुस २७ गते ।
चितवनमा आजबाट रत्ननगर महोत्सव २०६८ सुरु हुदैछ । आजदेखि पूर्वी चितवनको रत्ननगरमा शुरु हुदैछ । रत्ननगर उद्योग वाणिज्य संघ र रत्ननगर नगरपालिकाको आयोजनामा हुन लागेको महोत्सवमा १० करोडको कारोबार आयोजकले अनुमान गरेको छ । महोत्सवका अवसरमा आज निकालिने शोभा यात्रामा दश हजार स्थानियबासिन्दो सहभागिता जनाउने आयोजकले बताएको छ । यसैबीच एकीकृत नेकपा माओवादी समर्थित विभिन्न ४ वटा संगठनले आजका लागि आव्हान गरेको चितवन बन्द फिर्ता गरेको छ ।
आजदेखि शुरु भएको रत्ननगर महोत्सवलाइ ध्यानमा राखी तत्कालका लागि बन्द फिर्ता लिएको अखिल नेपाल किसान महासंघ चितवनका इन्चार्ज भुमेश्वर कडेलले जानकारी दिनुभयो । चितवन राष्ट्रिय निकुञ्ज भित्रबाट हुलाकी सडक निर्माण गर्न लागेको विरोधमा बन्द आव्हान गरिएको थियो । तर चितवनका क्रियाशिल राजनीतिक दलहरुले राष्ट्रिय निकुञ्जको बिचबाट सडक निर्माण गर्ने निर्णयको विरोधमा संंघर्षका कार्यक्रम गर्ने भएका छन् ।