काठमान्डौ पुस २७ गते ।
विभिन्न सङ्घ संस्थाहरूले आज राष्ट्रियएकता दिवस तथा २९० औै पृथ्वीजयन्ती विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । दिवसका अवसरमा अहिले बिहान राजधानीमा प्रभातफेरी कार्यक्रम हुँदै छ । विभिन्न सङ्घ संस्थाहरूले सिंहदबारमा अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्ने भएका छन् । तत्कालीन राजा पृथ्वीनारायण शाहले छरिएर रहेका साना साना बाईसे, चौबीसेराज्यहरूलाई मिलाएर नेपाल एकीकरणको अभियान थालेका थिए ।
राजा पृथ्वीनारायणको जन्म वि.सं. १७९९ पुस २७ गते भएको थियो । २०६२÷०६३ को जनआन्दोलनपछि बनेको सरकारले भने पुस २७ गते मनाइँदै आएको राष्ट्रियएकता दिवस कार्यक्रमलाई खारेज गरिसकेको छ ।यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज पृथ्वीजयन्तीका अवसरमा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ ।