Responsive Ad Slot

latest

एकीकृत माओवादी केन्द्रीय समितिको बैठक आज बस्दै, सहमति अनुमोदनका लागि शीर्ष नेताहरूको पनि बैठक I

Wednesday, January 11

/ by Admin BHOLA THAPA


काठमाडौं पुस २७ गते ।
तयारी नपुगेको भन्दै स्थगित हुँदै आएको एकीकृत नेकपा माओवादी केन्द्रीय समितिको बैठक आज बस्दै छ । केन्द्रीय समितिको बैठकमा अध्यक्ष र वरिष्ठ उपाध्यक्षबाट छुट्टाछुट्टै धारको दुई समानान्तर राजनीतिक प्रस्ताव प्रस्तुत भएपछि केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणाराख्ने क्रम झन्डै दुई हप्ता चलेको थियो ।
सबै केन्द्रीय सदस्यहरूले टिप्पणी गर्ने क्रम सकिएलगत्तै शीर्ष तहका नेताहरू दुवै प्रस्तावलाई मिलाएर एकीकृत धारणा बनाउनका लागि आवश्यक सहमतिको प्रयासमा व्यस्त छन् । नेताहरू सम्मानजनक रूपमा शान्ति र संविधानको कामलाई निश्स्कर्षमा पु¥याउने र स्वाधीनताको पक्षमा जनपरिचालन गर्ने सैद्वान्तिक सहमतिमा पुगेका छन् ।

यसअघि सैद्धान्तिक सहमतिलाई मूर्त रूप दिनका लागि एकीकृत माओवादीका शीर्ष नेताहरूले आज पनि छलफल गर्नेभएका छन् । पार्टीभित्र देखिएको विवादलाई तत्कालका लागि थाँती राखेर अघि बढ्ने गरी भएको सहमतिलाई अन्तिम रूप दिन नेताहरूले छलफल गर्ने भएका हुन् । नेताहरूले सहमतिलाई अन्तिम रूप दिएपछि आजै बस्ने केन्द्रीय समितिको बैठकमा अनुमोदनका लागि प्रस्तुत गरिने बताइएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका विषयमा भएको सहमति समेटी छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नुहुने भएको छ । पार्टी एकता विषयमा पदाधिकारी बैठकले गरेको सहमतिका विषयमा आज केन्द्रीय समिति बैठकमा छलफल हुने सचिव सीपी गजुरेलले जानकारी दिनुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI