काठमान्डौ पुस २६ गते ।

गजुरेलले क्रान्तिकारी भूमिसुधार लागू गरेर बढी भएको जग्गा भूमिहीन र सुकुम्बासीलाई वितरण गर्ने, आत्मनिर्णयको अधिकारसहितको सङ्घीयता, मजदुर र किसानलाई सबैभन्दा बढी अधिकार दिने, राष्ट्रपति कार्यकारी हुने शासन ब्यवस्था र निर्वाचन प्रणालीका विषयमा भोलिको केन्द्रीय समितिको बैठकले स्पष्ट पार्ने पनि बताउनुभयो । काङ्ग्रेस र एमालेका कारण शान्ति प्रक्रिया र संविधान निर्माण कार्य जोखिममा परेको आरोप लगाउँदै संसदीय व्यवस्था कुनै पनि हालतमा नमान्ने गजुरेलको भनाइ छ ।
उहाँले काङग्रेस र एमालेलगायतका दलहरूले आफूहरुको विरुद्ध मोर्चाबन्दी गरेकाले जनसंविधान र जनताको सङ्घीय गणतन्त्र स्थापनका लागि पार्टी एकताभएको बताउनुभयो ।