नायिका युनाले नेपालका नायिकाहरू चलचित्रमा काम पाउनका लागि निर्माता निर्देशकको बेड तताउनु पर्छ भन्ने कुरा बताएको भन्दै केहि पत्रपत्रिकाले समाचार प्रकाशित गरेका थिए । सो समाचार आए लगत्तै नेपालका नायिकाहरू युना प्रति क्रुद्द भएका थिए भने मिडिया पनि युना प्रति आश्चर्य चकितमा परेको थियो । तर युनाले आफूले सो कुरा नभनेको स्पष्ट पारेकी छिन् ।

बिभिन्न कार्यक्रममा सहभागी हुन अमेरिका रहेकी युनाले आफ्नो मात्र नभई सम्पूर्ण चलचित्र उद्धोगको समेत बेईज्जत भएकोले उनले यस्तो गलत समाचार सम्प्रेशण नगरिदिन मिडिया समक्ष अनुरोध पनि गरेकी छिन् । यस्तै युना अमेरिका लुक्दै छिन् भन्ने समाचार पनि पूर्ण नभएको युना निकट स्रोत बताउँछ । स्रोतका अनुसार युना केहि बर्ष अमेरिकामा रहेर अध्ययन गर्ने सुरमा छिन् । लिगल रूपमा अमेरिका बस्न पाए पढाई सकेर नेपाल आउने नत्र केहि समय पछि नेपाल फर्कने योजनामा युना छिन् ।
यता अमेरिका पुगेको युनाको टोलीलाई अमेरिकी राजदुतावासले रिपोर्ट गर्दिएको छ । कलाकारहरू लुक्ने सुरमा रहेको खबर पाए पछि दुतावासले रिपोर्ट गरेको हो । यसरी रिपोर्ट परेपछि केहि दिनका लागि नेपाल आएका सोही टिमका लिडर कलाकार निर्मल शर्मालाई राजदुतावासले तत्कालका लागि अमेरिकाको भिसा क्यान्सिल समेत गरिदिएको छ । निर्मल अब केहि समयका लागि अमेरिका जान पाउने छैनन् ।फिल्मीखबर,