Responsive Ad Slot

latest

स्वीटजरल्याण्डमा दुर्घटना: २२ बालबालिकाको मृत्यु >

Wednesday, March 14

/ by Admin BHOLA THAPA
काठमाडौ, चैत्र १ - इटलीको सीमा क्षेत्र नजिकै स्वीटजरल्याण्डको एक टनेलमा भएको यात्रुबाहक बस दुर्घटनामा २२ केटाकेटीसहित कम्तीमा २८ जना मारिएका छन् । स्वीस प्रहरीका अनुसार भलाइस क्न्टोनमा भएको उक्त दुर्घटनामा थप २४ केटाकेटी घाइते भएका छन् ।

बीबीसीका अनुसार बेल्जियम फर्कंदै गरेको बस स्थानीय समय अनुसार मंगलबार टनेलको भित्तामा ठोक्किएर दुर्घटना भएको हो । बसका दुवै ड्राइभर मारिएका छन् । बेल्जियमको लोमेल र हवर्ले गाउँका केटाकेटीहरु स्वीर अल्पसमा स्की खेलेर विदा मनाएर फर्केको बताइएको छ ।

बसमा ५२ जना सवार थिए ।श्रोत : कान्तिपुर
Don't Miss
© all rights reserved
made with by netKUTI