शरण थापा मगर,
दोहा १४ मार्च । विश्व भर छरिएर रहेका मगर जातीहरुको दिवस मगर दिवस भब्य रुपमा मनाउने क्रममा कतारमा पनि नेपाल प्रवासी मगर संघ दोहा कतारको आयोजनामा ३० औँ मगर दिवस मनाइएको छ ।
केन्द्रिय समितीका सदस्य खिम बहादुर रानामगरको संयोजकत्व तथा केन्द्रिय समितीका अध्यक्ष भिम तरामु मगरको सभापतित्व र महासचिव शरण थापामगरको सञ्चालनमा मार्च ९ तारीकका दिन समाल पब्लिक गार्डेनमा ९०० भन्दा बढीको जनमासबिच उक्त दिवस मनाईएको हो ।
उक्त कार्यक्रममा प्रमुख अतिथी नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष मान बहादुर साँवा लिम्बू, बिशिष्ट अतिथीहरुमा मगर संघका प्रमुख सल्लाहकार देब बहादुर रानामगर र NRNA (ICC) का सचिव टि. बी कार्की र अतिथीहरुमा किराँत याक्थुङ चुम्लुङ कतारका चन्द्र सिगू लिम्बू, तमु बौद्ध सेवा समिती शाखा कतारका महासचिव खेम गुरुङ, नेपाल प्रवासी तामाङ समाज कतारका सल्लाहकार तथा तामाङ समाज डट् कमका सञ्चालक विनेश तामाङ, प्रवासी सुनूवार सेवा समाज कतारका अध्यक्ष राम बहादुर सुनूवार, गुल्मी सेवा समाजका प्रमुख सल्लाहकार द्रोण बस्नेत, देउखुरी सेवा समाज दाङका अध्यक्ष गणेश बञ्जाडे, प्युठान सेवा समाजका अध्यक्ष छबिलाल बि. क., बौद्धिक अपाङ्ग संघका महासचिव दिपक निरौला, नेपाल मगर महिला संघ बुटवलका पुर्व उपाध्यक्ष रुकमाया आलेमगर, नेपाल प्रवासी मगर संघ कतारका संस्थापक सदस्य तथा केन्द्रिय समितीका सल्लाहकार सदस्य नारायण रानामगर, संस्थापक सदस्यहरु लोकेश गाहामगर र थिर ब. ल्हायोमगर, सल्लाहकार सदस्यहरु छत्र ब. घलेमगर, जनक थापामगर, तिलक घर्तीमगर, मनिराज पुनमगर, मगर ब्यबसायी हरी पुनमगर, दोहा एरिया समितीका केशर लुंगेलीमगर, सनैयाँ–ए एरिया समितीका बिर ब. मगर, सनैयाँ–बी एरिया समितीका बिर ब. मगर आदि रहनु भएको थियो ।
अतिथीहरुको आशन ग्रहण पश्चात् कार्यक्रमका प्रमुख अतिथी र सभापतिद्वारा संयुक्त रुपमा ब्यानर अनावरण गर्नुभएर कार्यक्रमको उद्घाटन गर्नु भएपछी नेपालका प्रथम शहीद लखन थापामगरको बिशेष सम्झना गर्दै र अन्य सम्पूर्ण देशभक्त ज्ञात अज्ञात सहिदहरु प्रति सम्मान गर्दै १ मिनेट मौनधारण गरिएको थियो ।
कार्यक्रमकै शिलशिलामा फागुन २ मा समय अभावको कारणले लखन दिवस मनाउन नभ्याएकोले उहाँको बिशेष सम्झना र सम्मान गर्दै उहाँको तस्विरमा फुल मालाले माल्यार्पण गरिएको थियो ।
त्यसपछी राष्ट्रिय गान र मगर गान गाईसकेपछी संस्थाका द्वितीय उपाध्यक्ष शेर बहादुर रोकामगरद्वारा स्वागत मन्तव्य तथा कार्यक्रम बारे जानकारी दिनुभएको थियो ।
त्यस्तै बिशिष्ट अतिथी देव बहादुर रानामगर र प्रमुख अतिथी मान बहादुर साँवा लिम्बुले शुभकामना मन्तव्य दिनुभएको थियो । उहाँहरुले मन्तव्यको क्रममा मगर दिवस मनाउन ब्यापक उपस्थितीमा खुशी व्यक्त गर्नुहुँदै बिगतमा एकात्मक ब्यवस्थाले हामी नेपालका सम्पूर्ण आदिवासी जनजातिहरुमा पारेको नराम्रो असरबारे प्रष्ट पार्नुभएको थियो । त्यसपछी अक्टोबर १३ देखी १५ सम्म काठमाण्डौंमा भएको NRNA (ICC) को पाँचौं बिश्व सम्मेलनबाट सचिव पदमा निर्वाचित हुनूभएका टि.बी. कार्की, मध्यपुर्व संयोजकमा निर्वाचित हुनूभएका नरेन्द्र भाट र कतार प्रतिनीधीमा निर्वाचित हुनूभएका अजिजूर रहमान शेषलाई बधाई तथा शुभकामना पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा डोरी तान्ने, ठेलो फाल्ने, हाँडी फोर्ने (महिला मात्र), डौड प्रतियोगीता (मगर संघको सदस्यता लिएका पुरुष मात्र) जस्ता खेलकुद प्रतियोगिता गरिएको थियो ।
उक्त खेलहरुमा डोरी तान्नेमा १३ टिम मध्ये प्रकाश गुरुङ, शिब गुरुङ, कुमार पुन, सोम भुजेल र समिर तामाङ रहेको टिम विजयी भएको थियो भने ठेलो फाल्नेमा १७ जना मध्ये जिवन थापामगर, त्यस्तैगरी हाँडी फुटाउनेमा ११ जना मध्ये रञ्जिता तामाङ र डौडमा १३ जना मध्ये प्रथम बलराम रानामगर र द्धितीय शिव बुढामगर हुनूभएको थियो ।
त्यस बिचमै मारुनी, कौडा, लगायत बिभिन्न मगर संस्कृती झल्कने सांस्कृतिक कार्यक्रम गरिनुका साथै बिभिन्न कमेडी, आधुनिक र चलचित्रका गीतहरुमा नाचेर कलाकारहरुले भरपूर मनोरञ्जन प्रदान गरेका थिए । बिशेषत उक्त कार्यक्रममा प्रस्तुत गीतहरुमा भुपेन्द्र रिखाम मगरले नृत्य निर्देशन गर्नुभएको थियो भने आकर्षक रुपमा बबिन राईले पोष्टेकी आमा बोलको गीतमा पेट मिचीमिची हाँस्न बाध्य बनाउनुभएको थियो ।
उक्त कार्यक्रमको लागि लोक बहादुर गाहामगरबाट २ वटा बस, गणेश बञ्जाडेबाट १ वटा बस, गिरी काउछाबाट १ वटा बस, भुपेन्द्र रिखाममगरबाट १ वटा बस, बिरेन्द्र रानामगरबाट १ वटा बस, कृष्ण रानामगरबाट १ वटा बस र द्रोण बस्नेतबाट पानीको प्रायोजन गरिएको थियो । अन्तमा खेलमा विजेताहरुलाई पुरस्कृत गरिएको थियो र डौडमा प्रथम हुनूहुने बलराम रानामगरलाई २०६८/६९ को कतारको हकमा मगर बाङ घोषित गरेपछी सभापतीद्वारा उपस्थित सबैलाई धन्यबाद सहित कार्यक्रमको अन्त्य गर्नुभएको थियो ।
