नेपालवाणी नेटवर्कको वाणीबहसमा कुरा गर्दै सभापति आचार्यले जेठ १४ मा संविधान निर्माण हुन नसके मुलुक गम्भीर संकटमा फस्ने बताउनुभयो । उहाँ तोकिएकै समयमा संविधान निर्माणका लागि दलहरू मिल्नुको विकल्प नरहेको बताउनुभयो ।
उहाँले दलहरूको बीचमा सहमतिको प्रयास आफूले गरिरहेको र विवाद समाधानका लागि थपिएको १५ दिनको समयमा निकास नस्किनेमा आशावादी रहेको समेत बताउनुभयो । दलहरूले पटक–पटक सहमतिको प्रयास गरे पनि निष्कर्षमा पुग्न नसकेको बताउँदै आचार्यले अहिलेकै अवस्था रहिरहेमा निर्धारित समयमा संविधान आउन नसक्ने उल्लेख गर्नुभयो ।
जेठ १४ मा नै संविधान बन्न शासकीय स्वरूप, राज्य पुनर्संरचना, निर्वाचन प्रणाली, न्याय प्रणाली जस्तासंविधानका आधारभूत विषयमा सहमति जुटाउनुपर्नेमा उर्हाले जोड थियो । राजनीतिक रूपमा पार्टीहरू द्वन्द्वमा उत्रे मुलुक बृहत् संकटमा भासिने बताउँदै आचार्यले मुलुकमा आउनसक्ने संवैधानिक संकट समाधानका लागि दलहरूलाई सचेत हुनसमेत आग्रह गर्नुभएको छ । नेपालवाणी
(पूरा अन्तर्वार्ताका लागि क्लिक गर्नुहोस्)