नारायण सापकोटा
चितबन चैत्र १ । जिल्ला खेलकुद बिकास समिति चितवनले आज जिल्ला बिकास समिति चितवनमा २ घण्टा धर्ना दिएका छन् । सरकारले खेलकुद क्षेत्रको बिकासका लागि छुटटयाएको बजेट बढाउनुपर्ने भन्दै आज खेलकुद बिकासका प्रतिनिधीहरुले धर्ना दिएका हुन् ।
जिल्ला बिकास समितिले हरेक आर्थिक बर्षमा खेलकुद क्षेत्रका लागि ४ लाख रुपैयां बजेट छुट्टयाएको छ । तर यो रकम जिल्लाका केही कार्यक्रम सञ्चालन गर्देमा सकिने भन्दै अनुदान रकम बढाउनुपर्ने जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष उत्तम गुरुङले बताउनुभयो । राज्यले खेलाडी र खेल क्षेत्रलाई उपेक्षा गरेको भन्दै यसको बिकासका लागि लगानी गर्नुपर्ने माग गरेका छन् ।
उनीहरुले प्रत्येक बर्ष १० लाख अनुदानको माग गरेका छन् । त्यस्तै अनुदान रकम सिधै खेलकुद बिकासको खातामा बुझाउनुपर्ने,पुर्वाधार बिकासमा पनि रकम बिनीयोजन गर्नुपर्ने र गाबिसहरुमा युवा खेलाडी तथा खेल क्षेत्रका लागि कुल बजेटको ३ प्रतिशत रकम छुटटयाउनुपर्ने लगाएतका ४ बुंदे माग अधि सारेका छन् । बिरोधका कार्यक्रम अन्तर्गत हिजो उनीहरुले जिल्ला बिकास समितिको कार्यालयमा ज्ञापन पत्र बुझाएका थिए भने ३ गते देखी जिबिसको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गर्ने निर्णय गरेका छन् ।
यता आज उनीहरुले गरेका धर्नाका कारण जिविसका कामकाज प्रभावित बनेको छ । धर्नाका कारण आज जिविसका कुनै पनि काम २ घण्टा सम्म हुन सकेन् । मुलद्धारमै धर्नामा बसेका खेलकुद बिकास कर्मचारी का कारण जिवीसका कर्मचारीहरु कार्यालय परिषर बाहिर बसेका थिए । जिवीसमा काम लिएर आएका सर्वसाधारणहरुको काम पनि समयमै हुन सकेका थिएनन् । १२ बजेपछि भने नियमीत काम सुचारु भएका छन् ।