Responsive Ad Slot

latest

विद्यार्थी र प्रशासन बीचको बार्ता निश्कर्ष बिहिन I

Wednesday, March 14

/ by Admin BHOLA THAPA
नारायण सापकोटा ,
चितबन १ चैत्र । शूल्क घटाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका आशा अस्पताल भरतपुरमा अध्ययरत्त विद्यार्थी र प्रशासन बीचको बार्ता निश्कर्ष बिहिन भएको छ । आन्दोलनरत्त विद्यार्थीहरुको मागको विषयमा जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी सहित राजनीतिक दल, आन्दोलरत्त विद्यार्थी एवम आशा अस्पतालका सञ्चालकहरु बीच बैठक बसेको थियो । बैठकमा विद्यार्थीहरुले तीनमहिना अघिभएको सहमती कायान्वयन गर्नुपर्ने माग गरेपनि अस्पताल प्रशासनले तत्काल कार्यान्वयन गर्न सक्ने अवस्था नरहेको बताएपछि आजको वार्ता विना निश्कर्ष टुंगीएको हो ।

वार्ता विना निस्कर्ष टुंगीएपछि आन्दोलरत्त विद्यार्थीहरुले भोली चितवनका सिटीभीटी अन्तरगर्तका सम्पूर्ण कलेज बन्द गर्ने निर्णय गरेका छन् । 

बैठकमा एमाले चितवनका अध्यक्ष कृष्ण खनालले सहभागीता जनाउनुभएको थियो । बैठक पछि सञ्चारकर्मी संगको कुराकानीमा एमाले अध्यक्ष खनालले आशा अस्पतालमा देखिएको समस्या प्रति अस्पताल प्रशासन पछि हट्नुपर्ने वताउनुभयो ।
यसैबीच शान्तिपूर्ण आन्दोलनलाई प्रहरीले धरपकड गरेको भन्दै विद्यार्थीहरुले आपत्ती जनाएका छन् । आफुहरुको माग प्रति प्रशासनले गम्भिरता नदेखाएको भन्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिन पूगेको विद्यार्थीहरुलाई चितवन प्रहरीले धरपकड गरेका थिए । धरपडक पछि ४० जना विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालय भरतपुरमा पु¥याएका थिए । 

बिहान ९ बजे देखि १ बजे सम्म प्रशासन कार्यालयको परिसरमा धर्ना दिने कार्यक्रम तय गरेर प्रशासन कार्यालय पुगेका विद्यार्थीहरुलाई विहान साढे ११ बजे धरपकड गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको थियो ।े । नर्सिङहरुको आन्दोलनलाई समर्थन जनाउन प्रशासन कार्यालय पुगेका चितवनका चार विद्यार्थी संगठनका नेताहरुलाई समेत प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ ।
पक्राउ परेका बिद्यार्थीहरुले प्रहरी कार्यालयमै नाराबाजी गरेका छन् । सहमती कार्यान्वयन गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले आफुहरुको माग संवोधन नभए देशभरका विद्यार्थीहरुलाई सडकमा ल्याउने चेतावनी दिएका छन् । बिगत ३ महिना अघि देखि आन्दोलनरत बिद्यार्थीहरुको बिभिन्न मागलाई पुरा गर्न गत पुष १ गते सहमती जनाएको बिद्यार्थीह्रुले बताएका छन् । 

उनीहरुले चर्काे शुल्क खारेज गर्नुपर्ने, शिक्षामा गरिएको ब्यापारीकरण रद्ध गर्नुपर्ने लगाएतका मागहरु अधि सारेका छन् । आन्दोलनलाई चितवनका चार बिद्यार्थी संगठनहरुले पनि ऐक्यबद्धता जनाएका छन् । नेविसंघ, अनेरास्वबियु र अनेरास्वबियु क्रान्तीकारी, र अनेरास्वीयु छैठौंले ऐक्यबद्धता जनाएका हुन ।

Don't Miss
© all rights reserved
made with by netKUTI