एजेन्सी, ६ फागुन ।
पाकिस्तानको आदीवासी क्षेत्रको सडक किनारमा १४ शव भेट्टिएको छ । मर्ने ति व्यक्तिहरु केहि दिन अघि सुरक्षाकर्मि र आतंकवादी विचमा भएको भिडन्तको क्रममा हराएका व्यक्ति रहेको सरकारी अधिकारीले जानकारी दिएका छन ।
तिनीहरुलाई तालिवान विद्रोहिहरुले हत्या गरेको हुन्सक्ने प्रहरीले बताएका छन् । उता इन्डोनेशियाको बाली टापुमा आक्रमणको योजना बनाइरहेका ५ आतंकवादीहरु कारवाहिको क्रममा मारीएको प्रहरीले जानकारी दिएका छन् ।
उक्त टापुमा विद्रोहिहरुले भविष्यमा आतंकवादी आक्रमण गर्ने उद्देश्यले पैसा जुटाउन डकैतीको समेत योजना बनाइरहेको वीवीसीले उल्लेख गरेको छ ।