Responsive Ad Slot

latest

हिमाल यात्राको टोली म्याग्दीमा I

Monday, March 19

/ by Admin BHOLA THAPA
कमल खत्री, 
म्याग्दी ६ चैत । गत माघ १ गतेदेखि विभिन्न हिमश्रृङ्खलाहरुको पैदल यात्रामा २१ औ पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्न सफल आप्पा शेर्पाको टोली आज म्याग्दीको सदरमुकाम बेनी पुगेको छ । म्याग्दीको पर्यटकीय घोरेपानीमा आइपुगेको टोली विभिन्न हिमश्रृखलाहरुको अध्ययन गर्दै आज दिउँसो सदरमुकाम बेनीमा आएको हो । नेपालमा पर्यटन विकास तथा जलवायु परिवर्तनमा परेको प्रभाव सम्बन्धी अध्ययनका लागि ग्रेट हिमालय टे«ल पदयात्रामा रहेको टोलीलाई आज म्याग्दी सदरमुकाम बेनीमा स्वागत गरिने भएको छ ।

धौलागिरी पर्यटन विकास परिषद् र नेपाल पत्रकार महासंघ म्याग्दीको संयोजनमा आज साँझ सदरमुकाम बेनीमा एक कार्यक्रमको आयोजना गरि स्वागत, पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । जलवायु परिवर्तनसंगै नेपालका हिमश्रृङ्खलाहरुमा परेको नकारात्मक असर, हिमश्रृङ्खलाहरुको अवस्थालगायतका विषयमा अध्ययन, अवलोकन तथा प्रचारप्रसारका लागि १७ सय किलोमिटरको दुरीमा १ सय २० दिने पैदल यात्रामा निस्किएको टोलीले आज यस क्षेत्रका हिमश्रृङ्खलाहरुको अवस्थाका बारे जानकारी लिने, अनुभव आदानप्रदान गर्ने लगायतका कर्यक्रम रहेको हिमालयन क्लाईमेट इनिसिएटिभ काठमाण्डौका प्रज्वल बरालले जानकारी दिनुभयो ।

यात्रा टोलीका संयोजक तथा २१औं पटकसम्म सगरमाथा आरोहण गरिसकेका आक्पा शेर्पासंगै टोलीमा अर्का हिमाल आरोही दावा शेर्पा, वातावरण मन्त्री हेमराज तातेड, फोटो पत्रकार समिरजंग थापा, पत्रकार सौरभ ढकाललगायत विभिन्न सञ्चारकर्मीहरु समेत सहभागि छन् । माघ १ अर्थात (जनवरी १५) मा पुर्वको कञ्चनजंघाबाट शुरु भएको यात्रा आउँदो जेठ १ (मे १३) का दिन पश्चिमको दार्चुलामा पुगेर सकिने कार्यक्रम छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI