Responsive Ad Slot

latest

नेपाल निजामती कर्मचारी संगठनको १३ औ केन्द्रीय परिषद् चितवनमा हुने I

Monday, March 19

/ by Admin BHOLA THAPA

नारायण सापकोटा
चितबन ६ चैत ।नेपाल निजामती कर्मचारी संगठनको १३ औ केन्द्रीय परिषद चितवनको नारायणगढमा हुने भएको छ । नया संविधानमा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनीतिक अधिकार सहतिको ट्रेड यूनियन हाम्रो
अभियान भन्ने मुल नाराका साथ परिषदको हुने भएको हो । देशभरीका पचास सय भन्दा वढी प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहने परिषदमा पेशागत सुरक्षा, हक अधिकारको व्यवस्थापनको विषयमा छलफल हुनेआज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

कर्मचारी सरुवाको विषयमा कर्मचारी संगठनकै दवावका कारण काम गर्न नसकेको भन्ने बिभिन्न संठनको भनाइ प्रति संगठनले असन्तुष्टि व्यक्त गरेको छ । संगठनका महासचिव मोहनकुमार घिमिरेले नियम संगत काम गर्नको लागि दवाव दिएको भन्दै आपत्ति जनाउनुभएको छ । काठमाण्डौ उपत्यका भित्र रहेका कर्मचारीलाई वाहिर लैजान पहल नगर्ने र
वाहिरकालाई उपत्यका छिर्न नदिने परिपाटी अन्त्य गर्न संगठनले दवाव दिएको छ उहांले भन्नुभयो । उपत्यकाका ९० प्रतिशत कर्मचारी त्यही सेरोफेरोमा सरुवा हुने परिपाटी अन्त्य गरी अनुकुलताको आधारमा कर्मचारी सरुवा गरिनुपर्ने
घिमिरेले बताउनु भयो ।

उपत्यका वाहिरका कर्मचारीलाइ पनि राजधानी, त्यस्तै अन्यत्रका कर्मचारीलाईअनुकुलताको आधारमा जिल्लामा सरुवा गरिनु पर्ने बताउनु भयो । नारायणगढमा सम्पन्न हुने परिषदको लागि २३ लाख खर्च छ्ट्टाइएको
Don't Miss
© all rights reserved
made with by netKUTI