Responsive Ad Slot

latest

नर्सिङ अध्यनरत बिद्यार्थीहरुको आन्दोलनमा मानव अधिकारकर्मीको पनि ऐक्यबद्धता I

Monday, March 19

/ by Admin BHOLA THAPA
नारायण सापकोटा,
चितबन ,६ चैत । बिगत ७ दिन देखी आन्दोलनरत नर्सिङ अध्यनरत बिद्यार्थीहरुको आन्दोलनाई चितवनका मानवधिकारकर्मीहरुले पनि ऐक्यबद्धता जनाएका छन् ।कलेज तोडफोड भएको घटनाप्रति मानवधिकारकर्मीले चासो देखाएपनि बिद्यार्थीहरुलाई प्रहरी प्रशाशनले गरेको दमन प्रति भने मानविधकारकर्मीले वेवास्ता गरेको भन्ने बिद्यार्थी नेताको गुनासो आए संगै मानवधिकारकर्मीले उनीहरुको आन्दोलन प्रति नैतिक समर्थन रहेको जनाएका हुन् ।
आज मानवधिकारकर्मी, संयुक्त बिद्यार्थी संघृष समिति र आशा अस्पतालका नर्सिङ अध्यनरत बिद्यार्थीहरु बिच भएको अन्तरक्रियामा मानवधिकारकर्मीले राज्यले निर्धारण गरेको मापदण्ड पुरा गर्नुपर्ने सबैको दायित्व भएकाले बिद्यार्थीको जायज माग पुरा गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । बिबादका बिषयलाई समाधान तर्फ ल्याउन बार्ताको वाताबरण सृजना गर्न आफुहरु सकारात्मक रहेको बताएका छन् ।

कार्यक्रममा बिद्यार्थीहरुको तर्फबाट बोल्दै नेबि संघ चितवनका अध्यक्ष उत्तम जोशीले सिटीईभीटी अन्तर्गतका सम्पुर्ण कलेजहरुमा एकरुपता कायम गर्नुएपर्ने माग गर्नुभएको छ । मापदण्ड बाहिर रही अस्पताल र कलेज एकै ठांउमा सञ्चालन गरी कर छल्ने प्रबृति बढेको प्रति आपत्ति जनाउदै शैक्षिक माफियाकरण बढेको ठहर गर्नुभएको छ ।

बिद्यार्थीहरुको आन्दोलनले लामो समय लिंदा बिद्यार्थीहरुको शैक्षिक भबिष्य धरासायी बन्ने नेपाल राष्ट्रिय अभिभावक संघका अध्यक्ष पुष्पराज शर्माले बताउनुभयो । छिटो भन्दा छिटो समस्या समाधानका लागि सर्वपक्षिय छलफल आवश्यक रहेको उहांले औल्याउनुभयो ।

कार्यक्रममा बोल्दै पत्रकार महांसघ चितवनका सचिव राधेश्याम खतिवडाले यो समस्या आशा नर्सिङ कलेजको मात्र नभएकाले आन्दोलनमा हरेक सिटीईभिटी अन्तर्गतका नर्सिङ कलेजका बिद्यार्थीहरुलाई समाबेश गरिनुपर्ने सुझाव दिनुभयो ।

यता आज आन्दोलनको सातौ दिन पनि चितवनका सिटीईभिटी अन्तर्गतका कलेजहरुमा पढाई हुन सकेन् ।
आन्दोलनरत नर्सिङ अध्यनरत बिद्यार्थीहरुले आह्वान गरेको अनिश्चितकालिन कलेज बन्दका कारण सिटीईभिटी अन्तर्गतका कलेजहरुमा पढाई हुन नसकेको हो । बिद्यार्थीहरुले चर्काे शुल्क खारेज गर्नुपर्ने मुख्य माग राख्दै आएका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI