कठमान्डौ ७ चैत ।
प्रवेशिका अर्थात एसएलसी परीक्षा आजदेखि देशभर सुरु भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका अनुसार यस वर्ष नियमिततर्फ ४ लाख ४६ हजार १ सय ६६ जना र एक्जाम्टेडतर्फ ८२ हजार ९१ जना परीक्षार्थी परीक्षामा सहभागी भएका छन् । परीक्षाका लागि एक हजार ७ सय ४८ परीक्षा केन्द्र तोकिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
चैत १७ गतेसम्म जारी रहने ७९औं एसएलसी देशभरमा ८५ ओटा खुल्ला विद्यालयका करिब १० हजार बिद्यार्थी परीक्षामा सहभागी भएका छन् । १ हजार सात सय ४८ परिक्षा केन्द्रमा १० जना सुरक्षाकर्मी तैनाथ गरिने तथा आवश्यकता अनुसार जिल्ला परीक्षा समन्वय समितिले वाहिरी सुरक्षाका लागि शसस्त्र प्रहरी परिचालन गर्न सकिने व्यवस्था मिलाईएको छ ।