१५५ वटा मध्ये ११० वटा स्टल बुकिड्ड
दमौली, २ चैत । “आर्थिक सामाजिक खेलकुदको विकास, पयर्टन प्रबद्र्धन, खैरेनीटार महोत्सब कला, सिप र संस्कृतिको संरक्षण” भने मुल नाराका साथ तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाइको आयोजनामा

आन्तारिक एवं वाह्यपर्यटकको संख्यामा वृद्धि गर्ने उद्देश्यले चौथो चैते दशै खैरेनीटार महोत्सव २०६८ सञ्चालनका लागि २ सय १ जनाको मुल आयोजक समिति गठन गरिएको र महोत्सवलाई भव्य र सभ्य बनाउनका लागि आयोजिक समिति प्रचार प्रसार तथा तयारिका लागि जुटेको महोत्सबका प्रचार प्रसार संयोजक एवं प्रबक्ता समुन्द्र राम श्रेष्ठले जानकारी गराउनु भएको छ । १ सय ५५ वटा स्टल रहने महोत्सबको ३ लाख दर्शकहरुले अवलोकन गर्ने र २ करोड बराबरको आर्थिक कारोवार गर्ने लक्ष्य लिएको आयोजकले हालसम्म १ सय १० वटा स्टलहरु बुकिङ्ग भइसकेको प्रवक्ता श्रेष्ठले बताउनु भयो ।
महोत्सवमा विभिन्न खानाका स्टल २०, कृषि उत्पादनका बिक्री तथा प्रदर्शनका स्टल ५, विभिन्न अटो कम्पनीका शोरुम ८, सूचना केन्द्र १, प्राथमिक उपचार केन्द्र १, विभिन्न व्यापारिक सामग्रिका प्रदर्शनी एवं बिक्री कक्षा ९५, विभिन्न घरेलु तथा हस्तकला उत्पादनका बिक्री कक्ष १०, सेवामुलक संस्थाका प्रदर्शनी कक्ष ६ र अन्य स्टल १० वटा गरी १ सय ५५ वटा स्टलको व्यवस्था गरेको छ ।
खैरेनिटार आसपासमा रहेका ऐतिहासिक, साँस्कृतिक र प्राकृतिक रुपले रमणीय स्थलहरुको प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागेको आयोजकले बताएका छन् । महोत्सवले नयाँ सम्भावनाको खोजी गर्न सहयोग पु¥याउनुका साथै त्यस क्षेत्रको आर्थिक, सामाजिक, साँस्कृतिक एवं खेलकुद गतिविधिलाई अगाडि बढाउन थप टेवा मिल्ने आयोजकले दाबी गरेको छ । महोत्वसमा साँस्कृतिक प्रदर्शनी, धार्मिक एवं ऐतिहासिक स्थलको प्रवद्र्धन, सेती नदीमा जलविहार, गुफा अवलोकन,दगाँम डाँडाको अवलोकन महोत्सवका आर्कषण रहेको आयोजकले बताएका छन् ।
त्यस्तै, उक्त महोत्सवमा ताजा तरकारी प्रदर्शनी तथा खरिद बिक्री, घरेलु उत्पादन प्रदर्शनी तथा बिक्री, कृषि उत्पादनको प्रदर्शनी तथा बिक्री, पुष्प प्रदर्शनी तथा बिक्री वितरण, साँस्कृतिक नृत्य तथा लोकगित कार्यक्रम, साँस्कृतिक झाँकी, खानाका परिकार, दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शन तथा खरिद बिक्री लगायतका मुख्य आकर्षण रहेने छन् ।
जिल्लाबाट उत्पादित घरेलु सामाग्रिहरुको पहिचान गरी बजार प्रवद्र्धनमा सहयोग पु¥याउने, आदिवासी जनजातिका भाषा, धर्म, कला र संस्कृतिको माध्यमबाट आन्तरिक एवं वाह्य पर्यटकको प्रवद्र्धन, स्थानीय वस्तु तथा सेवाहरुको बजार प्रवद्र्धनका साथै उद्यमी एवं व्यवसायहरुलाई प्रोत्साहन गर्ने, यस क्षेत्रभित्र रहेका पर्यटकीय सम्भावित क्षेत्र पहिचान गरी पर्यटक भियभयाउने, युवाहरुमा रहेका कला सीप जस्ता क्रियाकलापलाई प्रस्फुटन गर्ने, कृषि क्षेत्र विशेष गरी सुन्तला, मास, ताजा तरकारी, अदुवा, उखु खेतीलाई व्यवसायिक रुपमा उत्पादन गर्न प्रोत्साहन गर्ने लगायतका उद्देश्य रहेको महोत्सव आयोजकले बताएको छ । बिगतका तिन वटा महत्सवमा राम्रै सफलता हाता पारेको खैरेनीटार बजार इकाइले यो चौथो महोत्सवले पनि राम्रै
आम्दानी गर्ने लक्ष्य लिएको छ । श्रोतः भञ्ज्याङ राष्ट्यि दैनीकी