बिश्व उपभोक्ता अधिकार दिवसमा मोटरसाईकल ¥याली ।
नारायण सापकोटा
भरतपुर २ चैत । आज मार्च १५ तारिक विश्व उपभोक्ता अधिकार दिवस नेपालमा बिबिध कार्यक्रम गरी मनाईएको छ । यसबर्ष उपभोक्ता दिवसको नारा हाम्रो पैसा हाम्रो अधिकार वित्तीय सेवामा वास्तविक छनोटका लागि अभियान भन्ने तय गरिएको छ ।
दिवसको अवसर पारेर उपभोक्ताबादी संंस्थाहरुको सक्रियतामा चितवन लगाएत बिभिन्न जिल्लामा आज समेतनँमुलक कार्यक्रमहरु गरिएका छन् । उपभोक्ता ऐन २०५४ अनुसार उपभोक्ताको हकहितका लागि बिभिन्न नियमकानुन बनाईएपनि यो कार्यान्वयन नभएको भन्दै उपभोक्ताको हितमा कार्यरत संघ संस्थाहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
ऐनमा उपभोक्ताले गुणस्तरहिन बस्तुको बिक्रीबाट सुरक्षित हुन पाउने अधिकार,बस्तुको गुणस्तर,परिमाण,शुद्धता आदीबारे जानकार र सुरक्षित हुन पाउने अधिकार,अनुचित ब्यापारबाट उपभोक्तामा हुने शोषणको बिरुद्ध क्षर्तीपुर्ति पाउने लगाएतका ब्यबस्थाहरु गरिएका छन् ।
यता चितवनमा पनि बिश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आज नगरक्षेत्र भित्र सचेतनामुलक मोटरसाईकल ¥याली तथा पर्चा बितरण गरिएको छ । उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनले आयोजना गरेको ¥याली लायन्सचोकबाट शुरु भएको थियो ।
¥याली पुलचोक,शहिदचोक नारायणगढ बसपार्क लगाएतका स्थानको परिक्रममा पछि पुन लायन्सचोकमा आएर समापन भएको थियो । दिवसको अवसरमा भोली पनि जिल्लाका शैक्ष्ँिक संगठनहरुमा पर्चा बितरणको कार्यक्रम तय गरिएको छ भने ४ र ५ गते जिल्ला स्थित राजमार्ग क्षेत्रका होटलहरुको अनुगमन गर्ने र ६ गते जिल्लाका सरोकारवालाहरु संग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको संयोजक शैलेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
मन्चले उपभोक्ताको अधिकार संरक्षणका लागि बिभिन्न १२ सुत्रिय मागहरु अधि सारेका छन् । मुल्य बृद्धि नियन्त्रण गर्नुपर्ने,उपभोक्ता क्रय शक्ति बृद्धि गर्नुपर्ने,जिल्ला तहमा उपभोक्ता अदालत गठन गर्नुपर्ने,संसोधित ऐन २०६४ अबिलम्ब पारीत गर्नुपर्ने लगाएतका मागहरु अधि सारेका हुन ।
विद्यार्थीहरुको आन्दोलन स्थगित ।
तनहुँ खबर संवाददाता
भरतपुर २ चैत । चर्को शूल्क घटाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका नर्सिड्ड अध्ययरत्त विद्यार्थीहरुले आजको लागि आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।आज बिहानै देखी ¥याली गर्दे नाराबाजीमा उत्रिएका बिद्यार्थीहरुले आज दिंउसो साढे १ बजे बिरेन्द्र क्याम्पस अगाडी कोणसभा गर्दे आजको आन्दोलन सकिएको बताएका हुन ।
यद्यपी नर्सिड्ड कलेजका सञ्चालकहरुले बार्तामा नबोलाएसम्म आन्दोलन जारी रहने बताएका छन् । भोलीदेखी बिदार्थीहरुले सिटीईभिटी अन्तर्गतका सम्पुर्ण कलेजहरु अनिश्चितकालिन बन्दको घोृषणा गरेका छन् । कोणसभामा अनेरास्ुवबियुका क्रान्तिकारीका जिल्ला अध्यक्ष रुद्र भटटराई,नेबि संघका उत्तम जोशी,अनेरास्वकियुका निरज भटट लगाएतले बोलेका थिए ।
उनीहरुले शिक्षा क्षेत्रमा ब्यापारीकरण गर्न खोज्नेहरुका बिरुद्ध आफुहरुको आन्दोलन जारी रहने बताएका छन् बिहान ११ बजे देखी बिरेन्द्र क्याम्पस अगाडी जम्मा भएर नाराबाजी गरेका बिदार्थीहरुलाई प्रहरीले गिरफ्तार समेत गरेको थियँे ।
गिरफ्तारमा परेका बिदार्थी संगका नेताहरु संगै अन्य बिद्यार्थीहरुलाई आधा घण्टा पछि प्रहरीले छोडेको थियो ।
नर्सिड्ड अध्ययरत्त विद्यार्थी एवम् आन्दोलनमा ऐक्यवद्धता जनाएका चार विद्यार्थी संगठनका नेताहरुले चर्को नारावाजी सहित आज पनि विरोध प्रर्दशन जारी राखेका थिए । यसैबीच आफ्नो आन्दोलनलाई प्रहरीले धरपकड गरेको भन्दै विद्यार्थीहरुले आपत्ती जनाएका छन् ।आक्रोसीत विद्यार्थीहरुले नारायणी पोलिटेक्नीक कलेज ,कालिका नर्सिड्ड कलेज ,श्री मेडिकल कलेज ,कलेज अफ मेडिकल साइन्सेजमा तोडफोड समेत गरेका छन् ।
बिद्यार्थीको आन्दोलनका कारण सवारी सञ्चालनमा समेत बिद्याथीृहरुले रोक लगाएका थिए ।प्रहरीले बल प्रयोग गरी पटक पटक यातायात सञ्चालनको प्रयास गरेपनि प्रहरी सफल हुन सकेको थिएन । अन्तत कोणसभा पछि मात्र्रै भरतपुरमा सवारी सञ्चालनमा आएको थियो ।
कलेजहरुसंग गत पुष १ गते े भएको सहमती कार्यान्वयनका लागि हिजो जिल्ला प्रशासन कार्यालयमा भएको बार्ता असफल भए पछि आज चितवनका सिटीइभीटी अन्तरगर्तका सम्पूर्ण कलेज बन्द गरी आन्दोलनमा उत्रीएका हुन् ।
आशा अस्पताल भरतपुरका विद्यार्थीहरुले सुरु गरेको आन्दोलनमा अन्य नर्सिड्ड कलेजका बिद्यार्थीहरु पनि सहभागी र्भएका थिए । आन्दोलनमा नारायणी पोलिटेक्नीक कलेज ,बोस्टन कलेज ,कालिका नर्सिड्ड कलेज ,श्री मेडिकल कलेजका विद्यार्थी सहभागि छन् सहमती कार्यान्वयन गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले आफुहरुको माग संवोधन नभए देशभरका विद्यार्थीहरुलाई सडकमा ल्याउने चेतावनी दिएका छन् ।
पब्लिक बिश्वबिद्यालय दियालो बङ्गलामा बनाउन संघर्ष समिति गठन ।
तनहुँ खबर संवाददाता
भरतपुर २ चैत । नेपाल पब्लिक बिश्व बिद्यालय दियालो बङ्गलामा बनाउने बिषयमा सबैको सहमति जुट्न नसकेपछि आज नेपाल पब्लिक बिश्वबिद्यालय स्थापनार्थ संघर्ष समिति गठन भएको छ । नेपाल प्राध्यापक क्याम्पस सघंका केन्द्रिय सल्लाहकार चिरञ्जीवि श्रेष्ठको संयोजकत्वमा संघर्ष समिती गठन गरीएको छ । संघर्ष समितिको सह संयोजकमा सप्तगण्डकी क्याम्पसका ब्यवस्थापन समितिका अध्यक्ष शोभा कट्टेल र सचिवमा हरि कुमार कलेज ब्यवस्थापन समितिका उपाध्यक्ष मुक्ति नाथ अधिकारी चयन हुनुभएको छ ।
समितिमा सबै पब्लिक कलेजका ब्यवस्थापन समितिका अध्यक्ष,प्रँध्यापक संघ सहित बिद्यार्थी संगठन लगायतका सम्बद्ध संघ संस्थाहरु रहेका छन् । समितिको सल्लाहकारमा चितवनका क्रियासिल राजनैतिक दलका प्रमुखहरु रहेका छन् ।
सो अवसरमा सबै सहभागीहरुले दियालो बङला नै हालका लागी उपयुक्त स्थान भएकाले यसको बिकल्पका बारेमा नसोच्न आग्रह गरेका छन् । कार्यक्रममा बोल्दै एकिकृत माओवादीका जिल्ला ईन्चार्ज अनिल शर्मा बिरहिले अहिले कुनै कानुनी प्रक्रिया बाहेक अरु तत्वले दियालो बङलाको बिकल्प हुन नसक्ने बताउनुभयो ।
कार्यक्रममा प्राध्यापकहरुले संघर्ष समितिले विश्वविद्यालय स्थापनाका लागि बलीयो मत सदनमा पु¥याउनुपर्ने धारणा राखेका छन् । कार्यक्रममा नेपाली काङ्ग्रेसका सभापति बिकास कोईराला, एमालेका सचिव अरुण पिडित भण्डारी, जनमोर्चाका अध्यक्ष मोहन मणी ढकाल लगायतले बोल्नुभएको थियो । डा. हरिहर पोख्ररेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।