कपिल ज्ञवाली
बुटवल १५ चैत । नेपाल पत्रकार महासंघले आज बिहीबार आफ्नो स्थापनाको ५७ औं वर्षगाँठ मनाउदै छ । देशभरका पत्रकारलाई एउटै छातामुनि संगठित गर्दै छातासंगठन स्थापनाको ५६ वर्ष पूरा गरी ५७ वर्ष प्रवेश गरेको अवसरमा महासंघका जिल्ला तथा प्रतिष्ठान शाखाहरुले विभिन्न कार्यक्रम गरी वर्षगाँठ मनाउदैछन् ।पत्रकार तथा स्वतन्त्र प्रेसको वकालत गर्ने महासंघको केन्द्रीय कार्यक्रमअन्र्तगत रुपन्देहीमा पनि बिहीबार स्थापना दिवसका अन्तरक्रिया कार्यक्रम हुँदैछ । कार्यक्रमको सबै तयारी पुरा भएको महासंघ रुपन्देहीका अध्यक्ष दिपक ज्ञवालीले बताएका छन् ।
