गीतामणी पाण्डे
दुबई, यूएई २८ मार्च । –भुतपूर्ब उप प्रधानमन्त्रि, परराष्ट्र तथा गृह मन्त्रि के पी शर्मा ओली यूएई आउनु हुने भएको छ । प्रवासी नेपाली संघ यूएईको निमन्त्रणामा नेता ओली यूएई आउन लाग्नु भएको हो । नेपाली नयां बर्ष २०६९ बैशाख १ को दिन पारी १३ अप्रिल २०१२ शुक्रबारका दिन प्रवासी नेपाली संघ यूएईले यहां कार्यरत बिभिन्न नेपाली संघ संस्था , नेपाली समुदाय तथा यहां कार्यरत नेपालीहरुको बीचमा नव वर्षको बृहत शुभकामना आदान प्रदान सहितको सांस्कृतिक कार्यक्रमको आयोजना गर्न गई रहेको र उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेता ओली उपस्थित हुने कुराको जानकारी गराउदै प्रचार प्रशार बिभाग प्रमुख श्याम पाठकले कार्यक्रमको तयारी जोडतोडका साथ अघि बढिरहेको बताएका छन् ।
आबुधाबीको केरला सोसियल सेन्टरमा सांझ ४ ः ३० बाट शुरु हुने उक्त कार्यक्रममा यूएईमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहीनिहरुलाई उपस्थितिको लागी संघले आग्रह गरेको छ । उक्त दिनको संस्कृतिक कार्यक्रमको जिम्मेवारी सम्हालेका संघका केन्द्रिय सदस्य राजु गुरुंगले नेपाली भेष भुषा, कला र संस्कृती झल्कने बिबिध मनोरञ्जनात्मक सांस्कृतीक कोशेलीहरु पस्कने कुरा बताए । कार्यक्रममा निःशुल्क प्रबेशको ब्यबस्था मिलाईएको जानकारी संघले दिएको छ ।
कार्यक्रम जानकारी ः
मिति ः १३ अप्रिल २०१२ शुक्रबार,
स्थान ः केरला सोसियल सेन्टर आबुधाबी, यूएई ,
समय ः ४ ः ३० बजे बाट ।