रामचन्द्र भण्डारी,
धादिङ १५ चैत । जिल्लाको विभिन्न गाउँ विकास समितिमा गठन भएका बाल क्लबका पदाधिकारी र संरक्षक शिक्षकको लागि १ दिने अभिमुखिकरण कार्यशाला आज धादिङबेसीमा सम्पन्न भएको छ । प्रयास नेपालको आयोजना तथा विश्व शिक्षाको साझेदारीमा संचालित ‘नयाँ बाटो नयाँ पाईला’ कार्यक्रम अन्र्तगत सञ्चालन भएको कार्यशालामा पिंडा, साङ्कोष र कुम्पुर गाविसमा गठित ५ वटा बाल क्लबका पदाधिकारी र संरक्षक शिक्षक सहित जम्मा २८ जनाको सहभागिता थियो ।

कार्यशालाबाट बाल अधिकार र बाल क्लब पचिालनका बिषयमा महत्वपूर्ण जानकारी प्राप्त भएको सरस्वती प्राथमिक विद्यालयका शिक्षक बिजय राईले बताउनु भयो ।
प्रयास नेपाल धादिङले जिल्लाका ९५ विद्यालयमा बाल क्लब गठन, क्षमता विकास तथा परिचालनमा सहयोग गर्दै आएको सामाजिक परिचालक गीता अधिकारीले जानकारी दिनुभएको छ ।