तनहुँ खबर संवाददाता,
डुम्रे, १५ चैत । तनहुँको भानु गाविसमा गत मंगलबारबाट सुरु सामाजिक सुरक्षा अन्तर्गत दोस्रो चौमासिक भत्ता वितरण आज पनि जारी रहेको थियो । गाविसले गत मंगलबारबाट सामाजिक सुरुक्षा अन्तर्गत पूर्ण अपाङ्ग, दलित बालबालिका पोषणा, वृद्ध एवंम असहाय विधुवाका लागि दोस्रो चौमासिक भत्ता वितरण सुरु गरेको गाविस सचिव अर्जुनबहादुर बोहोराले बताउनुभयो ।
चौमासिक भत्ता वितरण अन्तर्गत आज भानु –५ भन्सार चौतारामा र भानु –६ ठुलो बगैंचामा भत्ता वितरण गरिएकोे गाविसले जनाएकोे छ । त्यस्तै, भोलि खहरेमा र चाम्बासमा भत्ता वितरण गरिने भएको छ । त्यसैगरी चैत १७ गते भानु –९ रानागाउँमा भत्ता वितरण गरिने र हालसम्म करिब आठ लाख रुपैयाँ वितरण गरिसकिएको जनाईएको छ ।