नारायण सापकोटा,
चितबन १२ चैत । माओवादी अध्यÔ पुष्पकमल दाहालले बर्तमान अवस्थामा दलहरुले आफ्ना अडान छाडेर सम्झौता गर्नुपर्ने बेला आएको बताउनुभएको छ । शान्ति प्रकृया टुंग्याउने र संविधान जारी गर्ने अहिलेको समय , आपसमा विवाद नगरी आफ्नो अडान छाडी सम्झौता गर्नेपर्ने भनदै उहांले यस्तो बताउनुभएको हो । भरतपुरमा आज आयोजीत संघीयतामा स्थानीय सरकार बिÈयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै दाहालले अब ठुला दलले आ आफ्नो अडानमा के छाड्ने भनी सम्झौता गर्नुपर्ने बताउनुभयो ।
संविधानको विवाद समाधान उपसमितिका संयोजक समेत रहनुभएका दाहालले १४ गतेको बैठक सार्थक निष्कर्Èमा पुग्ने दाबी गर्नुभयो । अध्यक्ष दाहालले शान्ति प्रक्रियाको सबैभन्दा महत्वपुर्ण पाटो सेना समायोजनको काम अन्तिम चरणमा पुगेको दाबी गर्नुभएको छ ।
संविधान जारी गर्नुपर्ने विषय अहिले सम्बेदनसिल भएकाले समायोजनको काम अन्तिम चरणमा पुगेको जिकीर गर्नुभयो । गोष्ठीमा बोल्दै नेपाली कांग्रसका वरिष्ठ नेता डाक्टर रामशरण्ँ महतले संघीयताको उचित व्यवस्थापन नभए,देश दुर्घटनामा फस्ने बताउनुभयो । उहांले संघीयता निर्माण्ँ गर्दै गर्दा स्थानिय निकायको अधिकार कटौती हुने भएकाले यसबारे सचेत बन्न समेत आग्रह गर्नुभयो ।
गोष्ठिको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समय उद्घाटन गर्नुभएको हो । प्राध्यापक डाक्टर कृष्ण्ँ खनालले अहिले सफल – असफल हुने भन्ने बारे प्रचण्डलाई चुनौती भएको औल्याउनुभयो ।
गोष्ठिमा विभिन्न अञ्चलवाट सहभागीता जनाएका जिल्लाका पूर्व जिल्ला सभापति तथा उप सभापतीहरुले मन्तव्य दिएका थिए् । गोष्ठीमा मध्यमाञ्चल र पश्चिमाञ्चलका ३५ जिल्लाका पूर्व जिल्ला सभापति तथा जिल्ला उप–सभापतिको सहभागीता रहेको थियो ।
अधिकार सम्पन्न स्थानिय सरकारको अवधारण सहितको प्रस्ताव सबिंधानसभामा पेश गर्नका लागि सो गोष्ठीको आयोजना गरिएको कार्यक्रम संयोजक पेशनाथ न्यौपानेले जानकारी दिनुभयो । संबैधानीक संवाद केन्द्रको सहयोगमा बिकेन्द्रीकरण सहयोग समाजले चितवनमा कार्यक्रम आयोजना गरेको हो । यसअघि काठमाण्डौमा भईसकेको कार्यक्रम क्षेत्रीय स्तरमा धनगढी र बिराटनगरमा हु“दैछन् । कार्यक्रममा स्थानिय राजनैतिक दलका नेता, समाजसेवी,बुद्धिजिविको उल्लेख्य सहभागीता रहेको थियो ।