Responsive Ad Slot

latest

संगीतमा व्यस्त हुँदै अर्जुन I

Sunday, March 25

/ by Admin BHOLA THAPA
सुमन बैरागी
काठमान्डौ १२ चैत । अर्जुन पोखरेल निरन्तर लामो संगीतको साधना गरेर बसे पनि परिचय खोज्ने क्रममै थिए । उनले आफूले सगीत गरेको चलचित्र दिलमायाको शीर्ष गीत छुट्छ कि साथ टुट्छ कि नाता….निकै चर्चामा आयो र सीआरबीटी डाउनलोड हुन पनि सफल भयो त्यसपछि त संगीतकारको परिचयमा उनको उचाईले गति लिँदै गयो । उनले थुप्रै चलचित्र एवं सुगम संगीतका साथै पप, लोक गीतहरुमा पनि आफ्नो सांगीतिक प्रतिभा देखाइसकेका छन् । निरन्तर आफूलाई संगीतको साधनामा लिप्त गराउँदै आएका संगीतकार अर्जुन पोखरेल अहिले निकै व्यस्त संगीतकारका रुपमा चिनिन्छन् । कहिले मुम्बइतिर गीत रेकर्डको क्रममा दौडिने गर्छन् भने कहिले नेपालमा आएका भारतीय गायक गायिकाहरुलाई मौका छोपेर नेपालमै गीत रेकर्ड गराउँछन् । उनले आफ्नो सिर्जनालाई तिखार्ने क्रममा सांगीतिक क्षेत्रमा निकै चर्चा पनि बटुलिसकेका छन् । युवा पुस्ताका व्यस्त संगीतकार पनि उनको परिचय भए पनि उनी अझै संगीतमा सफलता प्राप्त नगरेको भन्दै भौंतारिरहेका हुन्छन् ।


पछिल्लो समयमा उनी जति व्यस्त हुँदे गए उनका पछाडि संगीत गराउन हिंड्नेहरुको पनि भीड नै लागेको छ । रामप्रसाद दाहाल, कृष्णहरी बराल, नयम अधिकारी, अमृत रेग्मी, देवराज भण्डारी, सोनु ज्ञवाली लगायतको सोलो एल्बममा संगीत दिने क्रममा व्यस्त रहेका संगीतकार ब्ल्याक डे, रेड रोज, गर्लफ्रेन्ड, बुद्ध एण्ड वार जस्ता चलचित्रमा पनि संगीत दिँदैछन् । 

भर्खरै मात्र मेरो जीवन साथी चलचित्रको संगीत गरेका अजुन पोखरेल अनुराग संगीत विद्यालयमा शिक्षकका रुपमा संगीत प्रशिक्षण पनि दिँदै आइरहेका छन् । भुवन रावल, आकांक्षा बस्याल, दुर्गा खरेल, वेदु सारुमगर, राज तिमिल्सना लगायतका केही संगीतप्रेमीहरुको गीतमा संगीत गर्दै आफूलाई संगीतमा व्यस्त गराउन तल्लिन रहेका छन्
Don't Miss
© all rights reserved
made with by netKUTI