Responsive Ad Slot

latest

प्रधानमन्त्री र पत्रकार महिलाबीच छलफल I

Saturday, March 24

/ by Admin BHOLA THAPA

काठमाण्डौ, ११ चैत ।
प्रधानमन्त्री बाबु राम भट्टराईले संविधान निर्माणको काम अन्तिम चरणमा पुगेको दाबी गर्नुभएको छ । उहाँले शान्ति र संबिधानको कार्यलाई कुनै हालतमा पनि पुरा गरेरै छाड्ने प्रतिबद्धता जनाउनु भयो ।
आज विहान प्रधानमन्त्री भट्टराईले पत्रकार महिलासँगको भेटमा शान्ति र संविधानको कामलाई कुनैपनि बाहानले नरोक्ने तर्क गर्नुभयो ।

पत्रकार ऐन अनुसार नै पारिश्रमिक दिने ब्यबस्था मिलाउन सम्वन्धीत निकायलाई तत्काल निर्देशन दिने प्रधामन्त्रीले बताउनुभयो ।
उहाले बिभिन्न संचारमाध्यममा कार्यरत पत्रकार महिलाबाट पटक पटक गुनासो आउने क्रम जारी रहेकाले नियम कानुनको संसोधन गरेर भएपनि समस्या न्युनिकरण गर्ने उल्लेख गर्नुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI