कपिल ज्ञवाली
बुटवल १३ चैत । त्रिभुवन बिश्वबिद्यालय बौद्ध अध्ययन बिभाग प्रमुख डा मिलन शाक्यले बिश्वमा बौद्ध दर्शनको महत्व बढ्दै गएको बताउनुभएको छ । पछिल्लो समय भगवान गौतम बुद्धको नामले बिश्वमा चर्चा कमाईरहेको बताउदै शाक्यले राम्रो बिचारधारा बोकेको बौद्ध धर्मको प्रसार प्रसार अझै जरुरी रहेकोमा जोड दिनुभयो । आज बुटवलमा संचारकर्मी तथा बौद्ध मार्गीसंगको भेटमा उहाले बौद्ध बिचारको प्रबद्र्धनका लागि आफु सधैं लागिरहने बताउनुभयो ।
