- टाउन प्लानीङ् तथा दीर्घ कालिन योजना निर्माणमा फलदायि
- तथ्याङ्क अद्याबधिक नगरेको नगरपालिकालाई यो प्रणाली चुनौतीपूर्ण
कपिल ज्ञवाली
बुटवल १३ चैत । बुटवल नगरपालिका भित्र कति घर छन् ? तपाईलाई थाहा छ ?कति वडा छन् ?कति खोला नाला छन् ? कति बिद्यालय,कलेज,बाटा घाटा तथा शडक ?यी सबै तथ्याङ्क खोज्दा खोज्दा हैरान हुनुभएको छ भने अब त्यो झन्झट बाट तपाई मुक्त हुनुभएको छ ।
सूचना प्रणालीले नगरपालिका क्षेत्र भित्रका सम्पूर्ण कुराहरुको उचित र उत्कृष्ट सूचना प्रदान गर्नेछ । भौगोलिक सूचना प्रणालीका बिषयमा सोमबार बुटवलमा आयोजित सर्बपक्षिय कार्यशालामा एडिबिका परामर्सदाता डा भुषणराज श्रेष्ठले सूचना प्रणालीले हाल सम्म गरेका गतिबिधी ,तरिका, यस्को प्रयोग तथा संचालनका बिषयमा जानकारी दिए ।
बुटवल नगरपालिकासंग एडिबिको झण्डै ढाई बर्ष अगाडि सम्झौता भएको थियो । बुनपाका कार्यकारी अधिकृत यज्ञ प्रसाद भट्टराइले नगरपालिकाका र नगरबासीका लागि नया आयाम भएको प्रतिक्रृया दिए ।उनले बुटवलको सुरक्षा तथा पहिचान बृद्धिका लागि पनि सकारात्मक भएको दाबि गरे । भौगोलिक सूचना प्रणालीको काम सम्पन्न गरेर नगरपालिकालाई हस्तान्तरण गरिएको हो । यसलाइ नगरपालिकाले डिजाईन फेज नै भनेको छ । बुटवलमा २५ हजार ४ सय ९१ घरहरु रहेको सूचना प्रणालीमा देखाईएको छ ।
अहिले बुटवल नगरपालिका लगायत बिराटनगर,बिरगंज नगरपालिकामा पनि यो सूचना प्रणालीको अबधारणा संचालित छ । यद्यपी निकट भबिष्यमा सिनपा र नेपालगंजमा यो कम्प्यूटर प्रणाली लागु हुने बताईएको छ । प्रणाली लागु पछि शहरी ब्यबस्थापन तथा एकिकृत बिकासका लागि सहजता हुने अपेक्षा गरिएको छ । बुनपाका कार्यकारी अधिकृत यज्ञ प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमका अबसरमा बुटवल नगरपालिकाका फोकल पर्सन लेखनाथ अधिकारी,ईलाका प्रशासन बुटवलका प्रमुख बलराम अर्याल,सामाजिक साखाका ठगिश्वर पोखरेल,सर्बदलिय राजनीतिक संयन्त्रका प्रतिनिधी लगायतले बोल्दै प्रणाली राम्रो र अनुकरणीय भएको भन्दै सराहाना गरेका थिए ।
कम्प्युटर प्रणालीले तथ्याङ्क संकलनका लागि सर्बसाधारण तथा जानकारी लिन चाहनेका लागी निकै सहयोग पु¥याउने अपेक्षा गरिएको छ । नगरपालिकाका सामु यो चुनौति बन्ने सक्ने अनुमान गरिएको छ । यद्यपी नगरपालिकाले संस्थाको वेबसाईड तथा अन्य तथ्याङ्क अद्याबधिक गर्न नसकेको अबस्था बिद्यमान छ ।