Responsive Ad Slot

latest

पत्रकार चालिसेलाई बेल्जियमबाट आर्थिक सहयोग I

Monday, March 26

/ by Admin BHOLA THAPA
दामोदर नेपाल,
काठमाडौं १३ चैत । दुबै मृगौलाले काम गर्न छाडेपछि जीवन र मृत्युको दोसांधमा पुगेका श्रमजिवी पत्रकार रमेश चालिसेको उपचारका लागि बेल्जियमस्थित नेपालीहरुले ५२६००। नेपाली रुपैयां आर्थिक सहयोग गरेका छन् । 

पत्रकार चालिसेको उपचारार्थ आर्थिक सहयोगका लागि पत्रकार महासंघका सभापति शीव गाउंलेले गर्नु भएको अपिलका आधारमा बेल्जियमस्थित ब्रुसेल नेपाल डटकमका सञ्चालक दिपक सुवेदीको विशेष सक्रियता र ओम शर्माको सहयोगमा संकलित ५२,६००। (अक्षर रुपी बाउन्न हजार छ सय रुपैयां) नेपाली रुपैयांको चेक आज एक कार्यक्रमका बीच पत्रकार महासंघ केन्द्रीय समितिका सभापति शीव गाउंलेलाई महासंघको कार्यालय सञ्चारग्राम काठमाडौंमा हस्तान्तरण गरिएको हो ।

आफ्नो दुबै मृगौलाले काम नगर्ने भएपछि उपचारका लागि आबश्यक रकम जुटाउन असमर्थ भएका पत्रकार चालिसेको दुबै मृगौला प्रत्यारोपणका लागि ठूलो रकम आवश्यक रहेकोले संसारभर रहेका नेपाली पत्रकार तथा अन्य नेपालीहरुलाई महासंघका सभापति गाउंलेले अपिल गर्नु भएको थियो ।

सोही अपिलका आधारमा पत्रकार चालिसेको अवस्थाका बारेमा जानकारी प्राप्त गरेका बेल्जियमस्थित ब्रुसेलनेपाल डटकमका सञ्चालक दिपक सुवेदीले उनको उपचारमा सहयोग पुर्याउने हेतूले बेल्जियममा रहेका नेपालीहरु बीच सहायोगका लागि आग्रह गरे ।

साथै बेल्जियममा हुने विभिन्न कार्यक्रममा गई सहयोग संकलन गर्न थाले । उनको सहयोगी मनलाई त्यहांका ओम शर्माले पनि सहयोग गरे भने महिलाहरुको प्रतिनिधित्व गर्दै यशोदा थापाले पनि सहयोग संकलन कार्यमा उल्लेख्य सक्रियता देखाईन । उनीहरुको निरन्तरको सक्रियता पश्चात विभिन्न नेपालीहरुले गरेको आर्थिक सहयोग संकलन गरी नेपाल पठाइएको बेल्जियमबाट दिपक सुवेदीले बताएका छन् ।

सहयोग हस्तान्तरण पश्चात बोल्दै महासंघका सभापति शीव गाउंलेले संसारभर रहेका नेपालीहबाट हुने यस प्रकारको सहयोगले नेपाल तथा नेपाल बाहिर रहेका पत्रकारहरुमा उर्जा बढ्नुका साथै आ आफ्नो पेशामा प्रतिवद्ध भएर लाग्न अझ बढी प्रेरणा मिल्दछ भन्दै संसारको जुनसुकै कुनामा रहने नेपालीहरुमा पनि नेपाल र नेपाली प्रतिको माया, ममता र कर्तव्यबोध प्रचुर मात्रामा रहेको कुरा यस प्रकारको सहयोगबाट पुष्टी हुन्छ भन्नु भयो ।

उक्त अवसरमा प्रवासी नेपाली पत्रकार सञ्जालका दामोदर नेपाल तथा ब्रुसेलनेपाल डटकमका तर्फबाट प्रदिप सुवेदी तथा राजेन्द्र भण्डारीको उपस्थिति रहेको थियो ।
बेल्जियमबाट सहयोग गर्नेहरुको नामावली यस प्रकार रहेको छ :
१, जित बहादुर लामा ५ यूरो
२, धन बसेल ५ यूरो
३, शर्मिला शर्मा ५ यूरो
४, दुर्गा तिवारी ५ यूरो
५, मुना राई ५ यूरो
६, गिता लामा ५ यूरो
७, सूर्य देवी श्रेष्ठ ५ यूरो
८, कल्पना शाक्य ५ यूरो
९, विष्णु कुमार गुरुंग ५ यूरो
१०, ममताज लामा ५ यूरो
११, बिना गुरुंग ५ यूरो
१२, सानु गुरुंग ५ यूरो
१३, पम्फु गुरुंग ५ यूरो
१४, धनु जिसी ५ यूरो
१५, लक्ष्मी कुईंकेल ५ यूरो
१६, यशोदा थापा ५ यूरो
१७, पुर्ण गुरुंग २ यूरो
१८, उत्तम तथा देवी गौतम १० यूरो
१९, कल्पना सापकोटा १० यूरो
२०, जिवन्ती गुरुंग १० यूरो
२१, भगवती अधिकारी १० यूरो
२२, ईश्वर शर्मा १० यूरो
२३, अनिता लामा १० यूरो
२४, सोनम लामा १० यूरो
२५, पञ्चम अधिकारी १० यूरो
२६, सागरदाश श्रेष्ठ १५ यूरो
२७,------ गिरी १५ यूरो
२८, अर्जुन कुमार श्रेष्ठ २० यूरो
२९, लिला शर्मा मानन्धर २० यूरो
३०, जानकी गुरुंग २० यूरो
३१, ओम शर्मा २० यूरो
३२, महेश थापा २० यूरो
३३, कृष्ण रेग्मी २० यूरो
३४, युवराज गुरुंग ३० यूरो
३५, गोविन्द सुवेदी ५० यूरो
३६, ईन्द्र तथा केजीन राई १०१ यूरो
३७, दिपक सुवेदी (जिके) ३० यूरो






Don't Miss
© all rights reserved
made with by netKUTI