Responsive Ad Slot

latest

बैद्य पक्षको छुट्ट भेला जारी, समानान्तर प्रस्ताब ल्याउने ।

Tuesday, December 27

/ by srijana rana
काठमाण्डौ,  पुस  १२ गते ।


माओवादी केन्द्रीय समिति बैठकमा आज अध्यक्ष प्रचण्डको राजनितिक प्रस्ताव प्रतिअसहमति जनाउदै बैद्य समुहले छुट्टै प्रस्ताव पेश गर्दैछ । अध्यक्षको प्रतिबेदन दक्षिणपन्थि, ढुलमुले र बर्तमान संक्रमणकालको समाधानका लागि ठोस कार्यादेश दिने खालको नभएको भन्दै बैद्य पक्षले बेग्लै राजनैतिक प्रस्ताव पेश गर्न लागेको हो ।

बैद्यले अध्यक्षको शान्ति र संविधानको राजनीतिक प्रतिवेदनका बिरुद्ध जनविद्रोह र गोरखाको पालुङटार बैठकको दस्तावेजलाई अगाडि सार्नु पर्नेतर्क सहित प्रतिवेदन तयार पार्नु भएको एक नेताले जानकारी दिएका छन । बैद्य पक्षका नेताहरुले हिजो दिनभरी अध्यक्षको प्रस्ताव अध्ययन गर्दै त्यसको खण्डन सहित नयाँप्रस्ताव तयार पारेका हुन ।

सेना समायोजन, संविधान निर्माण, कब्जा घरजग्गा फिर्ता लगायत  १३ बुँदे फरक मतलाई अध्यक्षको प्रस्तावमा संवोधन गर्नुको साटो विरोध गरिएको भन्दै बैद्य पक्षरुष्ट भएको छ । बैद्यले आफ्नो प्रस्ताव पेश गरेपछि केन्द्रिय नेताहरुले आ आफ्नो तर्फबाट धारणा राख्ने क्रम सुरु गर्नेछन । पार्टी मुख्यालय कोटेश्वरमा विहान ११ बजेपछि बस्नेगरी बैठक बोलाइएको केन्द्रिय सदस्य नारायण दाहालले जानकारी दिनुभयो ।
यसअघि पटक पटक स्थगित हुदै गत शुक्रबार सुरु भएको बैठकमा बैद्य पक्षले अध्यक्षको राजनैतिक प्रस्तावमा असहमति जनाएपछि छुट्टै प्रस्ताव ल्याउने बताएपछि आजका लागी बैठक सारिएको हो ।
Don't Miss
© all rights reserved
made with by netKUTI