तनहुँ, पुस १२
तनहुँको दुलेगौंडा-८ कि ३१ वर्षिया लालु विक गत असारमा भारत हुँदै साउदी अरब पुगिन्। गाउँकै दलाल बाबुराम विकमार्फत् भारतको अवैध बाटो हुँदै साउदी पुगेकी उनी सुरुमा एक घरमा ुहाउस मेडुका रुपमा काम गर्न थालिन्। घरको सरसफाईदेखि बालबच्चाको हेरचाह समेत गर्नुपर्ने उनले कामको पारिश्रमीक पाउनुको सट्टा दिनहुँ घर मालिकको यातना खेप्न थालिन्।
एक छाक राम्ररी खान पनि नदिने घर मालिकले सधैं शारीरिक र मानसिक यातना दिन थालेकी उनी त्यहाँबाट भागिन्। तर घर मालिकले उनलाई पुन समाते र विगत केही महिनायता बन्धक बनाएर राखेका छन्।
घर र माइतीको असहमतिलाई बेवास्ता गर्दै दलालको भर परेर पराईभूमि पुगेकी दुई छोरीकी आमा लालु अहिले ठूलो फन्दामा परेकी छिन्। ती घर मालिकले १० हजार रियाल ९करिब दुई लाख रुपैयाँ० फिरौती माग्दै लालुलाई चरम यातना दिइरहेका छन्। नेपालस्थित बाबुआमासँग फोनमा फिरौती माग्ने ती घर मालिकले आफ्नो नाम नबताए पनि साउदीको बैंक खाता टिपाएर पैसा जम्मा गरिदिन धम्क्याउने गरेका छन्।
ुछोरीले फोनमा आमा मलाई यहाँबाट छुटाएर बचाउनुस् भन्दै रोइरहेकी छिन्ु लालुकी आमा यमकुमारी विक भनिन्,ुकेही थाहा नभएका हामी के गरौं कसो गरौं अन्योलमा छौं।ु उनले बन्धनमा परेकी छोरीको उद्वारका लागि पहल गरिदिन सम्बन्धित निकायलाई आग्रह गरेकी छिन्। ती घर मालिकले छोरीलाई चरम यातना दिंदै सुरुमा १० हजार र अहिले ६ हजार रियाल फिरौती मागेको उनले बताइन्।
आफूहरुले जानु हुँदैन भन्दा भन्दै अटेर गरेर लालु गत असारमा गाउँकै दलाल बाबुराम विकमार्फत् भारत हुँदै अवैध बाटो भएर साउदी गएको आमाले बताईन्। लालुका श्रीमान् प्रेम र कान्छो भाई कर्णबहादुर विक विगत दुई वर्षदेखि साउदीमै छन्। उनीहरुले पनि लालूलाई बन्धनबाट मुक्त गराउन नसकेपछि आफु आत्तिएको यमकुमारीले बताईन्। लालुका ११ र ६ वर्षका दुई छोरी भने मामाघर बस्दै आएका छन्। उनको पासपोर्ट नम्बर ४६७७३९७ हो।
दैनिक एउटा टुक्रा बिस्कुटको भरमा बाँचेकी लालू पाठेघर ९आङ० खस्ने रोगबाट पीडित छन्। उनले नागरिकसँगको फोन कुराकानीमा आफु कैयन् दिनदेखि अवस्थ्य रहेको र घर मालिकले छिनछिनमा कुट्ने गरेको सुनाईन्। फोन कुराकानीका क्रममा रोइरहेकी उनले अहिले पनि घरमालिकले आफुमाथि हातै हात्ताले कुटिरहेको बताइन्।
ुदाई मेरो घरमा कुरा गरेर नेपालबाट पैसा पठाएर मलाई यहाँबाट लैजान केही गर्नस्ु लालूले रुँदै भनिन्,ुमलाई यहाँ बस्न निकै कष्टकर भइरहेको छ। मेरो पाठेघर खसेर म निकै विरामी परेकी छु।ु उनले गर्नै नसक्ने कामको बोझ र सधैंको यातनाबाट बच्न भाग्दा घर मालिकले समातेर ल्याई बन्धक बनाएको बताईन्। दलाल बाबुरामले राम्रो काम गर्ने ठाउँ हो भन्दै आफुलाई उक्त घरमा छोडेर हिंडेको बिचल्लीमा पारेको उनको गुनासो छ। श्रीमान्ले विदेशबाट पैसा पठाईरहे पनि उनी दलालको बहकाउमा परेर घर परिवारले नमान्दा पनि साउदी गएकी थिइन्। गाउँकै व्यक्ति भए पनि बाबुराम बेला(बेला नेपाली चेलीहरुलाई अवैध बाटो हुँदै साउदी पुर्याउने र आफु भारतमा सुरक्षित रुपमा बस्ने गर्दै आएका छन्।
दलालमार्फत् अवैध बाटो हुँदै साउदी पुगेको हुनाले लालूलाई छुटाउन उनका आफन्तले त्यहाँस्थित प्रहरी र दुतावासको सहयोग लिन नसकेको आफन्त तिलक विकले बताए। लालूलाई बन्धक बनाउने घर मालिकसँग आफुले फटक(पटक फोनमा कुरा गरेको बताउँदै उनले फिरौती रकम दिए पनि उनी छुट्ने कुरामा शंका रहेको बताए।
उनले मंगलबार परराष्ट्र मन्त्रालयमा गएर आफ्नो समस्या राख्न लागेको जानकारी दिए। त्यसका लागि लालुकी आमा र आफन्त तिलक सोमबार राजधानी प्रस्थान गरेका छन्।
बहिनी अवैध बाटो भएर साउदी गएकाले अहिले उद्वार गर्न कठिनाई भएको होु पहिले साउदीमा बसेर फर्किएका तिलकले नागरिकसँग भने,ुअब सरकारले उचित पहल गरिदिए उनी सकुशल मुक्त हुन सक्छिन्।
Nagirik news
Nagirik news