Responsive Ad Slot

latest

बज्राचार्य हत्यामा संलग्न थप दुई पक्राउ ।

Tuesday, December 27

/ by srijana rana
सृजना राना
 काठमाडौँ  पुस १२- ललितपुरको पुल्चोकस्थित गुणः ज्यासः पसः मा कार्यरत जुजुकाजी बज्राचार्यको हत्यामा संलग्न थप दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राजन साह र जितेन्द्र श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । साह कैलालीको धनगढी र श्रेष्ठ काभ्रेको साँगाबाट पक्राउ परेका हुन् । उनीहरु दुवैलाई काठमाडौँ ल्याउने तयारी भइरहेको बताइएको छ ।

 प्रहरीले यसअघि हत्यामा संलग्न भारत मोतिहारीका राजेश साहलाई केही दिनअघि पक्राउ गरेको थियो । बज्राचार्यको गत कात्तिक २६ गते पसलमै रहेकाबेला हातखुट्टा बाँधेर हत्या गरिएको थियो । हत्यामा संलग्न दुईजना अझै फरार छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI