Responsive Ad Slot

latest

डाँका प्रतिकारमा मारिएकाको शव परिवारले बुझे I

Tuesday, December 27

/ by srijana rana
 सिरहा,
पुस १२ - प्रहरीको दबाबमा सिरहाको बेल्हा गाविस(३ मा हतियारधारी लुटेरा समूहको प्रतिकारका क्रममा ज्यान मारिएका १६ वर्षीय सुरेश साहको शव परिवारले बुझेका छन् ।

उनको शव सिरहा जिल्ला अस्पतालबाट लगेर आजै दाह संस्कार गरिने पारिवारले जनाएको छ । पीडितका आफन्तले मृतकका बाबु रघुनाथ साहलाई प्रहरीले हिजो साँझ दबाब दिएर शव बुझेको पत्रमा हस्ताक्षर गराएको आरोप लगाएका छन् ।

यसअघि घटना छानविनका लागि न्यायिक आयोग गठनको माग राखेर परिवारले शव बुझ्न मानेका थिएनन् । हतियारसहित १५र२० जनाको संख्यामा आएका हतियारधारी डाँका समूहको प्रतिकार गर्ने क्रममा डाँका समुहको गोली लागेर साहको गत पुस ६ गते राति ज्यान गएको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI