Responsive Ad Slot

latest

आर्थिक सहयोग -कन्या मा.वि. खैरेनीटारलाई पुस्तकाल I

Tuesday, December 27

/ by srijana rana
सृजना राना
तनहुँ, पुस १२,
तनहुँको नब युनाइटेड क्लब खैरेनीटारले सरास्वती कन्या मा.वि. खैरेनीटारलाई पुस्तकालय व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको छ । क्लबले आज विधालय प्राङ्गगणमा एक कार्यक्रमका विच विधालय व्यवस्थापन समितिका अध्यक्ष सुर्यमणी सुवेदीलाई दश हजार रुपयाँ हस्तान्तरण गरेको छ ।आर्थिक सहयोग हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका व्यवस्थापन समितिका अध्यक्ष सुबेदीले सहयोग प्रदान गर्ने क्लबलाई धन्यावाद ज्ञापन दिदै क्लवको आगामी कार्यक्रमको लागि शुभकामना समेत व्यक्त गनुभएको थियो ।

          क्लबका निवर्तमान अध्यक्ष अशोक रानाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा क्लबका सदस्य सागर श्रेष्ठ,विधालयका प्रधानाध्यापक महोदत्त पोखे्रल,सहायक प्रधानाध्यापक ऋषिराम घिमिरे लगायतले आ–आफ्नो भनाई राख्नुभएको थियो । कार्यक्रम सञ्चालन क्लवका सचिव सुर्यरत्न गिरीले गनुभएको थियो । नव युनाइटेड क्लबले गत वर्ष सञ्चालन गरेको सास्कृतिक कार्यक्रमबाट संकलित रकम सहयोग स्वरुप विधालयलाई प्रदान गरेको हो । यहि आउदो फागुन ७ गते पनि विविध सांस्कृतिक कार्यक्रम राख्ने लक्ष्य लिएको क्लबका अध्यक्ष ज्योती श्रेष्ठले वताउनुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI