मन्त्रि परिषदको नियमित बैठक आज बस्दै छ । अहिले केहिबेरमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा सरकारको काम कारबाहिको समिक्षा, शान्ति र संविधान निर्माणमा अब चाल्ने कदमका बारेमा छलफल हुने बताईएको छ ।
साथै तीन हजार मधेशी युवालाई सेनामा समायोजन सरकारले गरेको निर्णय तत्काल कार्यान्वयन नर्गन सर्वोच्चले दिएको आदेशका बारेमा पनि समिक्षात्मक छलफल हुने बुझिएको छ ।