पाल्पा,पुस १२ गते ।
कालिकोटमा भएको दलित हत्याको विरोधमा आह्वान गरिएको बन्दका कारण आज पाल्पाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण पाल्पामा यातायातका साधन चलेका छैनन भने शैक्षिक सस्था कलकारखाना र व्यापारीक क्षेत्र ठप्प भएका छन ।
बन्दको जानकारी गराउन बन्दकर्ताहरु सडकमा भेला भएर प्रदर्शन गरिरहेका छन । कालिकोटको जुविथा– ६ का मनविर सुनारको चुल्हो छोएको निहुमा हत्या गरिएको विरोधमा संयुक्त संघर्ष समिति पाल्पाले आज बन्द आह्वान गरेको हो । मनविर सुनारलाईसहिद घोषणा गर्नुपर्ने, परिवारलाई क्षतिपूर्ति र दोषीलाई कडा कारवाहि गर्नुपर्ने बन्द आह्वानकर्ताहरुको माग छ ।