Responsive Ad Slot

latest

प्रधानमन्त्री र साना दलहरुको छलफल स्थगित I

Thursday, March 15

/ by Admin BHOLA THAPA
काठमाण्डौ २ चैत्र ।
प्रधानमन्त्री डा बाबुराम भट्टराईले शान्ति प्रक्रिया र संविधान लेखनका विषयमा आज साना दलहरुसँग गर्ने भनिएको छलफल स्थगित भएको छ । प्रधानमन्त्रीको व्यस्तताका कारण आजको बैठक स्थगित भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सिंहदरबारमा दिउँसो एक बजे हुने भनिएको छलफलमा प्रधानमन्त्रीले सेना समायोजनसम्बन्धि सरकारको प्रस्तावमा सहयोगका लागि साना दलहरुलाई आग्रह गर्ने तयारी गर्नु भएको थियो भने साना दलहरुले भने ठूला दलहरुको उदाशिनताका कारण शान्ति प्रक्रिया र संविधान लेखनकार्य ओझेलमा परेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने तयारी गरेका थिए ।
Don't Miss
© all rights reserved
made with by netKUTI