अर्जुन अधिकारी
काठमाण्डौ २ चैत्र । लामो समय देखि आन्दोलन गर्दै आईरहेका शिक्षकहरु र सरकारका विचमा प्रारंभिक र अनौपचारिक सहमति भएको छ। हिजो साँझ अवेर सम्म भएको बार्तामा पुराना अस्थाई शिक्षकहरुलाई आन्तरिक प्रतिश्पर्धाबाट स्थाई गर्ने, कर्मचारीहरुलाई दरवन्दी सृजना गरेर व्यवस्थापन गर्ने, अस्थाई सेवा अवधिलाई पनि गणना गर्ने, आन्दोलनका क्रममा घाईते भएकाहरुलाई क्षतिपुर्ति दिने लगायतका सहमति भएको छ । सहमतिहरुलाई कार्यान्वयन गराउन आवश्यक पर्ने ऐन कानुन संसोधनका लागी पनि तत्काल प्रक्रिया अगाडी बढाउन सरकारी पक्ष सहमत भएको नेपाल शिक्षक संघका महासचिव केशव निरौलाले जानकारी दिनुभयो ।
उहाले हिजो साँझ भएको प्रारंभिक र अनौपचारिक सहमतिलाई आज दिउसो प्रमुख दलका मुख्य सचेतकहरुको रोहवरमा अन्तीम रुप दिएर सार्वजनिक गरिने जानकारी दिनुभयो ।
दिउसो तीन बजे शिक्षा मन्त्रालयमा हुने बैठकमा सहमति भएपछि शिक्षकहरुका सवै आन्दोलनका कार्यक्रमहरु पनि फिर्ता हुने उहाले बताउनुभयो ।
दिउसो हुने वार्ताको पुर्वतयारी स्वरुप अहिले नौं बजेबाट शैक्षीक गणतान्त्रीक मञ्च र शिक्षक युनियनको छुट्टा छुटै बैठक बस्न लागेको मञ्चका कोषाध्यक्ष दिनेश थापाले जानकारी दिनुभयो । प्रवेशिका परिक्षा नै बहिस्कार गर्ने चेतावनी दिएका शिक्षकहरुसंग सहमति हुने भएपछि प्रवेशिका परिक्षाको अन्यौलता पनि हट्ने भएको छ। यसअघि शिक्षकहरुको आन्दोलनका कारण प्रवेशिका परिक्षा पुर्वनिर्धारित तालिका अनुसार हुन पाउदैन की भन्ने अन्तौलता देखिएको थियो ।
शिक्षकसंघका महासचिव निरौलाले शिक्षक, अविभावक तथा विद्यार्थीहरुलाई प्रवेशिका परिक्षाका लागी कडा तयारी गर्न आग्रह समेत गर्नु भएको छ। नेपालबाणि