Responsive Ad Slot

latest

भगवान गौतमबुद्धको मावली ?

Saturday, April 28

/ by Anonymous
कपिल ज्ञवाली
बुटवल, बैसाख १६ गते । भगवान गौतमबुद्धको मावली क्षेत्र देबदहको भवानीपुरमा गरिएको उत्खनन्बाट देबदह कहा हो भन्ने स्पष्ट अबशेष फेला नपरेको पुरातत्वबिदहरुले बताएका छन् । कोलिय राज्यको २० दिन गरिएको उत्खनन्बाट केहि प्राचिन अबशेष फेला परेपनि फेला परेका ति अबशेषले मात्र प्रमाण जुटाउन गाह्रो हुने उनिहरुको भनाई छ । शनिबार केरबानी ७ ,भवानीपुरको महामाया उमाबिमा उत्खनन्को समापन र त्यस्को उपलब्धिबारे जानकारी गराउनका लागि गरिएको सर्बपक्षिय भेलामा पुरातत्वबिदहरुले सो कुरा बताएका हुन् । सो अबसरमा बोल्दै संस्कृती मन्त्रालयका सचिब ताना गौतमले सरकारले संस्कृति संरक्षणमा तत्काल लगानी गर्ने अबस्था नरहेको बताउदै तत्काल प्रतिफल नहुने क्षेत्रमा लगानी गर्न समस्या हुने बताउनुभयो । हाम्रो सम्पदा र संस्कृति श्रीखण्ड जस्तै हो भन्दै सचिब गौतमले संरक्षणका लागि निति नियम नै बनाएर एकीकृत योजनाका साथ लाग्नु पर्ने बताउनुभयो । उहाले देबदहमा निरत्नर उत्खनन् जारि रहने बताउदै संस्कृती मन्त्रालय र लुम्बिनी बिकास कोषले त्यसमा पहल गर्ने बताउनुभयो । सो अबसरमा बोल्दै पुरातत्व बिभागका उपमहानिर्देशक भरतमणि सुबेदीले कोलियागण राज्य अन्तर्गत पर्ने देबदह क्षेत्रको संरक्षण र सिमाङ्कन जरुरी रहेको बताउनुभयो । उहाले देबदह प्रर्यटनको प्रचुर संभाबना बोकेको क्षेत्र हो भन्दै ईतिहासलाई आधिकारीक बनाउनु आफूहरुको दायित्व भएकोमा जोड दिनुभयो ।बरिष्ठ पुरातत्पबिद तारानन्द मिश्रले सन् १९९८ देखि बिभिन्न क्षेत्रको अन्बेषण शुरु भएको बताउदै आधिकारिकताका लागि समय लाग्ने बताउनुभयो ।उहाले उत्खनन्का क्रममा भेटिएका बस्तुहरु ११÷१२ औं शताब्दीका भएको जानकारी गराउनुभयो। कार्यक्रमका अबसरमा संयोजक राम बहादुर कुवर, अभिलेखालय प्रमुख प्रकाश दर्नाल, काजिमान प्याकुरेल,लुम्बिनी टेलिभिजनका कार्यकारी निर्देशक सिद्धिचरण भट्टराई,महामाया उमाबिका अध्यक्ष निलकण्ठ गौतम, प्राचार्य दीनानाथ अर्याल अरुण नकर्मी,सुभद्रा भट्टराई लगायतले बोल्दै उत्खनन्लाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । देबदहको कन्यामाई,भवानीपुर लगायतका स्थानमा अहिले सम्म बुद्धको मूर्ति,प्राचिन माटाका घडा लगायतका बस्तुहरु फेला परेको छन् । बिभागले यसअघि नवलपरासीको पण्डितपुरमा उत्खनन् गरेको थियो । सोही अबसरमा पुरातत्व बिद तारानन्द मिश्रलाई उत्खनन्मा र उत्खनन् तालिममा सहयोग गरेको भन्दै प्रमाणपत्र तथा दोसल्ला
Don't Miss
© all rights reserved
made with by netKUTI