बबरमहलमा भएको बम विष्फोट, आफन्तहरु आन्दोलित
गत फागुन १५ गते काठमाडौंको बबरमहलमा भएको बम विष्फोटमा परी निधन भएका मृतकका आफन्तहरु आन्दोलित भएका छन् । बबरमहल बम विष्फोटमा ज्यान गुमाएका मृतकका परिवारले संघर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । बैरेनी गाउँ विकास समितिको वडा नं। ९ महेशदोभानमा आयोजित पत्रकार सम्मेलन मार्फत उनीहरुले पिडित परिवारलाई राज्यले निर्णय गरेको दश लाख रुपैंया तत्काल उपलब्ध गराउनु पर्ने र उनीहरुका परिवारको शिक्षा स्वास्थ्य र रोजगारका लागि विशेष व्यवस्था गर्नुपर्ने माग सहित आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । पिडित परिवारलाई हालसम्म पनि सरकारले कुनै किसिमको राहत नदिएकाले आक्रोश उनीहरुले व्यक्त गर्दै बैशाख २२ गतेसम्म पनि सरकारले मृतकका आपूहरुको माग नसुनेमा २३ गतेबाट अनिश्चितकालका लागि पृथ्वी राजमार्ग सहित धादिङ बन्द गर्ने चेतावनी दिएका छन् । सरकारले हालसम्म राहत उपलब्ध नगराउँदा मानबहादुर र विरबहादुर तामाङको परिवारले मृतकको काजक्रिया समेत गर्न सकेका छैनन् । उता ऋण लिएर श्रीमानको काजक्रिया गरेकी कृष्णबहादुरकी श्रीमती गोमाको अवस्था भनै झन दयनीय बन्दै गएको छ । ऋण माथि ऋण थपिएकाले जिविका चलाउन समेत कठिन भएको गोमाले वताउनुभयो । पत्रकार सम्मेलनमा एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेका स्थानीय नेताहरुले संघर्ष समितिको कार्यक्रमप्रति ऐक्यवद्धता जनाउँदै राज्यले तत्काल उनीहरुका माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने वताए । आन्दोलनप्रति स्थानीय आमा समूहहरु, क्लव र अन्य संघ–संस्थाले समेत ऐक्यवद्धता जनाएका छन् । फागुन १५ गते काडमाडौंको बबरमहलमा भएको बम बिष्फोटमा परी धादिङ जिल्ला बैरेनी ६ का मानबहादुर तामाङ, बैरेनी १ का कृष्णबहादुर तामाङ र पिंडा गाउँ विकास समिति स्थायी घर भई बारा बस्दै आएका विरबहादुर तामाङको मृत्यु भएको थियो ।
तपाईं के भन्नु हुन्छ ? कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्नुहोला । कुनै समाचार या सन्देश भएमा अथवा लेख रचना प्रकाशन गर्नु परेमा bholathapa7@gmail.com