सिरहामा भीषण आगलागी २ सय ५० घर जलेर नष्ट
पुर्णप्रसाद न्यौपाने, रेडियो सल्हेश, सिरहा
सिरहाको तनुवापट्टी गाविसको वडा नम्बर ८ र ९ शिवनगर गाउँमा आज दिउसो भीषण आगलागी भएको छ । स्थानीय जोबन यादबको घरबाट सल्किएको आगोका कारण २ सय ५० घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् । दिउँसो १ बजेबाट सुरु भएको आगो नियन्त्रणका लागि लहानबाट दमकल आएको थियो । आगलागी पीडितहरुका लागि नेपाल रेडक्रस सोसाईटीले तत्काल कपडा, त्रिपाल, भाँडाकुडा लगाएतका सामग्री वितरण गरेको छ भने स्थानिय समाजसेवी सन्तोष अग्रवालले चिउरा, चिनी, औषधि लगाएतका सामग्रीहरु वितरण गर्नु भएको छ । आगलागीबाट करिब २ करोड भन्दा बढिको क्षति भएको प्रहरीले प्रारम्भीक अनुमान गरेको छ । आगलागी ५ घण्टापछि नियन्त्रणमा आएको छ ।
तपाईं के भन्नु हुन्छ ? कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्नुहोला । कुनै समाचार या सन्देश भएमा अथवा लेख रचना प्रकाशन गर्नु परेमा bholathapa7@gmail.com