छोराछोरीले विद्यालयमा दिइएको गृहकार्य घरमा आएर नगरेमा जो कोही पनि अभिभावकलाई पनि रिस उठ्छ । होमवर्क नगरेर छोराछोरी खेलेर वा टिभी हेरेर समय बिताएमा आमाबुवाले गाली गर्नु वा एक दुइ थप्पड हानेर पढ्न लगाउनु सामान्य कुरा हो ।छोराले गृहकार्य गर्न नमानेपछि रिसले रन्किएका ली ले पहिले छोरालाई छातिमा हानेर पर्खाल बाहिर हुत्याए । बालक बेहोस भएर जमिनमा ढलेपछि उनले फेरी ढुंगाले छोराको टाउकोमा हिर्काए । मरणासन्न अवस्थामा पुगेका छोरालाई उपचारका लागि अस्पताल लैजानुको साटे ली ले घरभन्दा अली पर लगे र खाल्डो खनेर त्यसमै हालेर पुरिदिए ।
उक्त कुरा स्थानीय गाउँलेले थाहा पाएपछि प्रहरीमा उजुरी गरे । प्रहरीले ली लाई पक्राउ गरेर आवश्यक कारवाही अघि बढाएको छ । एजेन्सी