घनस्याम पराजुली(कृष्ण),
दोहा कतार बैशाख १५ गते । नेपाली डकुमेन्ट्री जर्नी टु यार्सा कतारको सनैया स्थित नेपाली समुदाय विच भव्य प्रदशन गरिएको छ तिन दिन सम्म प्रदर्शन गरिएको उक्त डकुमेन्ट्री प्रदर्शन गर्ने जिम्मा स्याङ्गजा सहयोग समाज दोहा कतारले लिएको थियो भने डकुमेन्ट्री हेर्नको लागि व्यापक मात्रामा नेपाली दर्शकहरुको भिड थियो ।
नेपालको अतिनै विकट हिमाली क्षेत्रमा पाईने बहुमूल्य जडिबुटी यार्सागुम्बा नेपालमा मात्र नभई विश्वमै चर्चित छ । अर्थिक उपार्जनको लागि यार्सागुम्बा खोज्न हिडेका सात हजार भन्दा बढि नेपालीहरु मध्ये एक रोल्पाको गरिव परिवारलाई मुख्य भुमिकामा प्रस्तुत गरिएको उक्त डकुमेन्ट्री आठौ अल जजिरा अन्तराष्ट्रिय डकुमेन्ट्री फिल्म फेस्टिबल कतारमा छनोटमा परेको छ । यो डकुमेन्ट्री विभिन्न देशका ६५ वटा डकुमेन्ट्रीहरुसँग प्रतिस्पर्धा गर्दैछ भने यसका निर्माता तथा निर्देशक दीपेन्द्र भण्डारि हुन् ।
नेपालको ग्रामिण तथा विकट ठाँउमा पुगेर नेपालीको वास्तविक जिवनका भोगाईहरुलाई समेटि विश्व सामु परिचित बनाउन भण्डारिले पुर्यानुभएको योगदान प्रति कदर तथा आगामि दिनहरुमा पनि यस्तै उदाहरणिय कामको लागि प्रोत्साहन गर्दै स्याङ्गजा सहयोग समाज दोहा कतारले ढाका टोपि , दोसल्ला , खादा तथा रु.पचास हजार एक सय ले सम्मान तथा सहयोग गरेको थियो । उक्त सहयोग रकम स्याङ्गजा सहयोग समाजका प्रमुख सल्लाहकार तथा गैर आवासिय नेपाली सघं कतारका प्रथम उपाध्यक्ष गुरुनारायण रानाभाट ,सस्थाका र्वतमान अध्यक्ष टुकराज अर्याल तथा कार्यक्रमको मुख्य सहयोगि भुमिका खेलेको दोहा ई डि सि परिवारको तर्पmवाट नारयण सिं गुरुङ्गले भण्डारिलाई हस्तान्तरण गरेका थिए,त्यस्तै तनहु सेवा समाज तथा तनहु मुस्लिम समुदायले पनि भण्डारिलाई सम्मान गरेको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै रानाभाटले उहाँले गरेको काम प्रति कृतज्ञता प्रकट गर्दै यो सम्मान स्याङ्गजा सहयोग समाजको मात्र नभई सम्पुर्ण प्रवासि नेपालीले गरेको सम्मान हो र भोलीका दिनमा पनि यस्तै उदाहरणिय काम गर्नको लागि शुभकामना दिए । अध्यक्ष अर्यालले उहाँको महान कार्य प्रति आभार प्रकट गर्दै यस कार्यक्रम सफलतापुर्वक सम्पन्न गर्नका लागि सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद ज्ञापन गरे भने निर्माता तथा निर्देशक भण्डारिले उक्त कार्यक्रममा दर्शक माझ डकुमेन्ट्रीको वारेमा तथा रोल्पावासिको जिवन शैली वारे स्पष्ट पारे । चिरिन्जीवि ढकालले सन्चालन गर्नुभएको कार्यक्रममा ई डि सि क्लवका अध्यक्ष नारयण सिं गुरुङ्ग,तनहु सेवा समाज तथा तनहु मुस्लिम समुदायका प्रतिनिधिहरुले पनि मन्तव्य राखेका थिए ।