Responsive Ad Slot

latest

सामसुङले जित्यो नोकियालाई

Friday, April 27

/ by Anonymous
नोकिया कम्पनी केही समयअघिसम्म विश्वमा मोबाइल फोनको दुनियाँमा बादशाह नै थियो ।

मोबाइल सेट बोक्ने अघिकांशको हातमा नोकियाकै सेट देखिन्थ्यो । सन् १९९८ मा मोटोरोलालाई पछि पार्दै मोबाइल फोनको दुनियामा नोकिया पहिलो नम्बरमा उक्लिएको थियो ।
तर १४ वर्ष नबित्दै विश्वमा मोबाइल फोनको बजारमा नोकियाको शीर्ष स्थान खोसिएको छ । मोबाइल फोनको बजारमा नोकियाको प्रभुत्व समाप्त पार्दै सामसुङ विश्वको सबैभन्दा ठूलो मोबाइल फोन उत्पादक बनेको छ ।
अनुसन्धान संस्था स्ट्राटेजी एनालाइटिक्सका अनुसार सन् २०१२ को पहिलो त्रैमासिकमै सामसुङले नोकियालाई निकै पछि पारेर शिर्ष स्थानमा उक्लिएको हो ।
अहिले विश्वमा ९ करोड ३० लाख भन्दा बढि सामसुङका मोबाइल सेट प्रयोगमा छन् जबकी नोकियाले केबल ८ करोड ३० लाख मोबाइल सेट मात्र उपभोक्ताको हातमा पठाउन सकेको छ ।
विश्वमा टेलिभिजन तथा फ्लाट स्त्रिmनको सबैभन्दा ठूलो उत्पादक दक्षिण कोरियाली कम्पनी सामसुङले मोबाइलको दुनियामा नयाँनयाँ तथा सुपथ मुल्यका मोडेलहरु उत्पादन गरेकाले यसप्रति उपभोक्ताको आकर्षण बढेको हो ।
सामसुङले सन् २०१२ को पहिलो त्रैमासिकमा मात्रै साढे ४ अर्ब डलर मुनाफा आर्जन गरेको छ जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८१ प्रतिशतले बढि हो ।
सामसुङले आउँदो मे ३ मा ग्यालेक्सी स्मार्टफोनको नयाँ भर्सन सार्वजनिक गर्दैछ ।
विश्वमा प्रयोगमा रहेका विभिन्न कम्पनीका मोबाइल फोनको संख्या निम्नानुसार छ
Don't Miss
© all rights reserved
made with by netKUTI