Responsive Ad Slot

latest

एकै पटक दुइटीसँग बिहे !

Friday, April 27

/ by Anonymous
कुनैपनि पुरुषले आफ्नो जिवनकालमा दुइ जना महिलासँग बिहे गरेको कुरा नौलो होइन । तर यदि एउटै मण्डपमा कुनै पुरुषले दुइजना महिलासाग बिहे गर्छ भने त्यो अवश्यपनि अनौठो कुरा हुन्छ । यस्तै अनौठो कुरा गरेका छन् २२ वर्षका अब्दुल रहमान नायफ अल ओबेदीले ।
इराकको टिक्रिट सहरभन्दा उत्तरमा पर्ने अल लाकलाक गाउँका बासिन्दा रहमानले आफ्नी २ प्रेमिकालाई एकैपटक झ्याइँ पारेर भित्राएका हुन् । परिवारकै स्विकृतिमा विशेष समारोहबीच उनले बिहे गरे । अझ रोचक कुरा त के भने उनले बिहे गरेका दुबैजना युवती उनका भतिजी पर्छन् । १७ वर्षकी इन्तिदार र २२ वर्षकी सुआदले पनि राजीखुसीले रहमानसँग बिहे गरे । उक्त बिहे समारोहमा दुबैजना बेहुली र बेहुलाका परिवारका साथै सुभेक्षुकहरुको पनि सहभागिता थियो ।
रहमानले आफ्नी दुइटी भतिजीसँग लामो समयदेखि प्रेम गरिरहेका थिए । उनले दुइवटी भतिजीसँगै आफुले बिहे गर्ने र एकै रातमा एउटै बिवाह समारोहमा उनीहरुलाई भित्राउने कुरा पनि आफ्ना बुवाआमालाई भनेका थिए । छोराको कुरालाई बुवाआमाले पनि स्विकार गरे तर केही आफन्तले भने त्यसको विरोध गरेका थिए । रहमानको बिहेको कुरा मिलाइदिन उनका दाई सलमानले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका थिए ।
रहमानसँग बिहे गरेका दुइ जना युवतीले दुइवटीलाई बराबर माया गर्ने सर्तमा आफुहरुले बिहे गरेको बताए । इस्लाम धर्ममा कुनैपनि पुरुषले ४ वटी महिलासँग बिहे गर्न पाउने धार्मिक प्रथा छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI